मंगलबार, वैशाख १८ गते २०८१
Logo
मंगलबार, वैशाख १८ गते २०८१

९० वर्षको उमेरमा मोहनविक्रम फेरि बने मसालको महामन्त्री

९० वर्षको उमेरमा मोहनविक्रम फेरि बने मसालको महामन्त्री

साझा पोष्ट
बिहीबार , चैत २९ २०८०
  • images
    ९० वर्षको उमेरमा मोहनविक्रम फेरि बने  मसालको महामन्त्री
    images

    काठमाडौं । नेकपा मसालको महामन्त्रीमा फेरि मोहनविक्रम सिंह निर्वाचित भएका छन् ।


    images
    images

    काठमाडौंमा चार दिनसम्म गोप्य ढंगले भएको पार्टीको नवौं महाधिवेशनले ९० वर्षीय मोहनविक्रम सिंहलाई महामन्त्री चुनेको हो । सिंहको नेतृत्वमा चित्रबहादुर केसी, रश्मिराज नेपाली, दुर्गा पौडेल, मीना पुन, मनोज भट्ट, कृष्ण अधिकारी लगायत केन्द्रीय समितिमा चुनिएका छन् ।

     सिंह झण्डै साढे ४ दशकदेखि पार्टीको नेतृत्वमा छन् । बीचमा २ पटक कारवाही हुँदा २–३ वर्ष कारवाहीमा परेको बाहेक उनी चौथो महाधिवेशनदेखि मसालसम्म पार्टीको महामन्त्री छन् ।

    उमेरले ९० वर्ष भए पनि पार्टीभित्र उनलाई वैचारिक र सांगठानिक दुवै हिसाबले चुनौती दिने नेता देखिएका छैनन, उनले चाहे अनुसारनै पार्टी चल्दै आएको छ र ९० वर्षको उमेरमा पनि फेरि उनले पार्टीको नेतृत्व सर्वसम्मत रुपमा पाएका छन् । 

    प्रतिक्रिया हरु
    साताको लोकप्रीय
    थप समाचार