मंगलबार, वैशाख १८ गते २०८१
Logo
मंगलबार, वैशाख १८ गते २०८१

माइतीघरदेखि बानेश्वरसम्मको निषेधाज्ञा हट्यो

माइतीघरदेखि बानेश्वरसम्मको निषेधाज्ञा हट्यो

साझा पोष्ट
शुक्रबार, चैत ३० २०८०
  • images
    माइतीघरदेखि बानेश्वरसम्मको निषेधाज्ञा हट्यो
    images

    काठमाडौं ।काठमाडौंको माइतीघर मण्डलादेखि नयाँ बानेश्वर क्षेत्रसम्मको निषेधाज्ञा हटाएको छ ।
     जिल्ला प्रशासन कार्यालय, काठमाडौंले निषेधाज्ञा हटाएको हो । 


    images
    images

    गत मंसिरदेखि स्थानीय प्रशासनले माइतीघर लगायतका क्षेत्रमा निषेधाज्ञा जारी गरेको थियो । चौतर्फी आलोचनापछि सुरक्षा समितिको शुक्रबार बसेको बैठकले भोलि १ वैशाखदेखि लागू हुने गरी माइतीघर मण्डलादेखि बानेश्वर ९कृष्ण टावर० क्षेत्र सम्मको  निषेधाज्ञा हटाउने निर्णय गरेको हो ।

    शुक्रबार नै गृह मन्त्रालयले विज्ञप्ति जारी गर्दै नागरिकको विचार र अभिव्यक्ति स्वतन्त्रतालाई सम्मान गर्दै संविधान र प्रचलित कानुन प्रतिकूल नहुने गरी प्रदर्शन गर्न पाउने हक सुनिश्चित गर्ने निषेधित क्षेत्र कम गर्ने काम भइरहेको बताएको छ ।

     

    प्रतिक्रिया हरु
    थप समाचार