मंगलबार, वैशाख १८ गते २०८१
Logo
मंगलबार, वैशाख १८ गते २०८१

एकीकृत समाजवादी अराजनीतिक र अवसरवादी : ओली

एकीकृत समाजवादी अराजनीतिक र अवसरवादी : ओली

साझा पोष्ट
सोमबार, वैशाख ३ २०८१
  • images
    एकीकृत समाजवादी अराजनीतिक र अवसरवादी : ओली
    images

    काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सुदूरपश्चिम प्रदेश सरकार गठनमा कांग्रेस गठबन्धनलाई साथ दिएकोमा एकीकृत समाजवादीप्रति चर्को आक्रोश व्यक्त गरेका छन् ।


    images
    images

    एमाले संसदीय दलको बैठकलाई सम्बोधन गर्दै ओलीले एकीकृत समाजवादीले अराजनीतिक र दक्षिणपन्थी अवसरवादी चरित्र देखाएको आरोप लगाए । आफूहरुसँग हुँदा मुख्यमन्त्री दिन नसक्ने बताएको एकीकृत समाजवादीले कांग्रेसलाई जिताउने र समीकरण कमजोर बनाउन भने नागरिक उन्मुक्तिलाई नै पहिलो कार्यकाल दिन तयार भएको बताए ।

    उनले भने, ‘विपक्षीहरुको आशा पलाउने गरी र जनतामा केही मात्रामा भएपनि निराशा पलाउने गरी त्यस पार्टीले कदम चाल्यो ।’ आन्तरिक रुपमा एकीकृत समाजवादीको बोली र व्यवहार बार्गेनिङ गर्ने खालकै भएको र सुदूरपश्चिममा बाहिरै प्रकट भएको उनले बताए । तर यसले कुनै फरक नपर्ने उनले बताए ।

    ‘दक्षिणपन्थी अवसरवादी चरित्र धेरै नाङ्गो ढंगले प्रकट भयो’ कम्युनिस्ट साइनबोर्ड राखेर काम चाहिँ कांग्रेसको पक्षमा गरेको भन्दै उनले भने, ‘यसले फरक पार्नेवाला छैन ।’सुदूरपश्चिममा एकीकृत समाजवादीले कांग्रेससित मिलेर नाउपाका सांसदलाई मुख्यमन्त्री बनाउन दाबी पेश गरेको छ । 

    प्रतिक्रिया हरु
    साताको लोकप्रीय
    थप समाचार