मंगलबार, वैशाख १८ गते २०८१
Logo
मंगलबार, वैशाख १८ गते २०८१

हङकङलाई हराउँदै नेपाल प्रिमियर कपको सेमिफाइनलमा

हङकङलाई हराउँदै नेपाल प्रिमियर कपको सेमिफाइनलमा

साझा पोष्ट
सोमबार, वैशाख ३ २०८१
  • images
    हङकङलाई हराउँदै नेपाल प्रिमियर कपको सेमिफाइनलमा
    images

    काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टिम  हङकङलाई पराजित गर्दै एसीसी प्रिमियर कपको सेमिफाइनलमा प्रवेश गरेको छ ।


    images
    images

    समूह ए को तेस्रो खेलमा हङकङलाई आठ विकेटले हराउँदै नेपाल एक खेल अघि नै सेमिफाईनलमा प्रवेश गरेको हो । नेपालले एसी फिल्डिङ र बलिङ उत्कृष्ट गरेको नेपालले ब्याटिङ पनि उत्कृष्ट गर्यो । अल अमेरत मैदानमा ११५ रनको लक्ष्य नेपालले १२.२ ओभरमा २ विकेट गुमाउँदै पूरा गर्यो ।

    नेपालका लागि आशिफ शेखले १८ बलमा ३ चौका र ३ छक्काको मद्दतले ४०, कुशल भूर्तेलले १९ बलमा ३२ रन बनाए । भूर्तेलले २ छक्का र ३ चौका हाने । यस्तै रोहित पौडेल २५ र सन्दीप जोरा १९ रनमा नटआउट रहे । रोहितले २० बलमा ३ चौका हाने । यस्तै १७ बलको सामना गरेका जोराले समान एक छक्का र चौका हाने । नेपालका लागि आशिफ र कुशलले पहिलो विकेटका लागि उत्कृष्ट साझेदारी गरे । पहिलो विकेटका लागि यो जोडीले ५ ओभर ३ बलमा ७० रनको साझेदारी गर्यो । 

    यसअघि वर्षाले बाधा उत्पन्न गरेपछि १८ ओभरमा झारिएको खेलमा टस हारेर ब्याटिङ  गरेको हङकङ  ११४ रन बनाएर १ बल अघि नै अलआउट भएको थियो ।  हङकङका लागि अंशुमन रथले २६ बलमा ४ चौका र १ छक्कासहित सर्वाधिक ३४ रनको योगदान दिए ।  

     जिशान अली १४, निजाकत खान  १२, एहसान खान ११, मार्टिन कोट्जी  ८, एजाज खान ७, बाबर हायात ६,नसरुल्ला राना ६ र यासिम मुर्तजा २ रनमा आउट भए । नेपालका लागि अभिनाश बोहोराले ३ तथा ललित राजवंशीले एक मेडनसहित २ विकेट लिए । दीपेन्द्रसिंह ऐरीले अन्तिम २ बलमा २ विकेट तथा करण केसीले १ विकेट हात पारे ।

     

    प्रतिक्रिया हरु
    साताको लोकप्रीय
    थप समाचार