मंगलबार, वैशाख १८ गते २०८१
Logo
मंगलबार, वैशाख १८ गते २०८१

हैदरावादले तोड्यो आफ्नै रेकर्ड, बेंगलोरविरुद्ध बनायो २८७ रन, हेडको शतक

हैदरावादले तोड्यो आफ्नै रेकर्ड, बेंगलोरविरुद्ध बनायो २८७ रन, हेडको शतक

साझा पोष्ट
सोमबार, वैशाख ३ २०८१
  • images
    हैदरावादले तोड्यो आफ्नै रेकर्ड, बेंगलोरविरुद्ध बनायो २८७ रन, हेडको शतक
    images

    काठमाडौँ। सनराईजर्स हैदरावादले एक हप्ता अघि आफैले बनाएको सबैभन्दा धेरै रनको कीर्तिमान तोड्दै इन्डियन प्रिमियर लिग (आईपीएल) मा रोयल च्यालेन्जर्स बेंगलोरलाई २८८ रनको लक्ष्य दिएको छ। 


    images
    images

    टस हारेर पहिला ब्याटिङ गरेको हैदरावादले निर्धारित २० ओभरमा ३ विकेट गुमाएर २८७ रन बनाएर कीर्तिमान कायम गरेको हो । यो आईपीएल इतिहासकै सबैभन्दा ठूलो योगफल हो । एक हप्ता पहिले हैदरावादले मुम्बई इन्डियन्सविरुघ २७७ रन बनाउँदै १३ वर्ष पुरानो रेकर्ड तोडेको थियो । तर एक हप्तापछि नै उसले आफ्नै रेकर्ड ब्रेक गर्यो । 
    हैदरावादका ट्राभिस हेडले सर्वाधिक १०२ रनको शतिकय इनिङ खेले। उनले ४१ बलको सामना गर्दै ९ चौका र ८ छक्क प्रहार गरे।

    यस्तै, हेनरिक क्लासेन ६७ र अभिषेक शर्मा ३४ रनमा आउट भए।पहिलो विकेटका लागि अभिषेक र हेडले १०८ रनको साझेदारी गरेका थिए। एडेन मार्कराम ३२ र अब्दुल समद ३७ रनमा नटआउट रहे। समादले १० बलमा ४ चौका र घ छक्का हाने । 

    बेंगलोरका लकी फर्ग्युसनले सर्वाधिक २ विकेट लिए। रिस टोपलेको नाममा १ विकेट रह्यो।

    प्रतिक्रिया हरु
    साताको लोकप्रीय
    थप समाचार