मंगलबार, वैशाख १८ गते २०८१
Logo
मंगलबार, वैशाख १८ गते २०८१

रन वर्षा भएको खेलमा हैदरावाद विजयी, बन्यो ५४९ रन, ३८ छक्का र ४३ चौका प्रहार

रन वर्षा भएको खेलमा हैदरावाद विजयी, बन्यो ५४९ रन, ३८ छक्का र ४३ चौका प्रहार

साझा पोष्ट
मंगलबार, वैशाख ४ २०८१
  • images
    रन वर्षा भएको खेलमा हैदरावाद विजयी, बन्यो ५४९ रन, ३८ छक्का र ४३ चौका प्रहार
    images

    काठमाडौं । आईपीएल इतिहासमै सबैभन्दा धेरै रनको वर्षा भएको खेलमा सनराइज हैदराबादले रोयल च्यालेन्जर्स बेंग्लोरलाई २५ रनले पराजित गरेको छ ।


    images
    images

    चेन्नईमा २८८ रनको विशाल लक्ष्य पछ्याएको बेंग्लोरले उत्कृष्ट ब्याटिङ गरे पनि ७ विकेट गुमाएर २६२ रन मात्रै बनाउन सक्यो । यो खेलमा ३८ छक्का र ४३ चौकासहित ५४९ रन बन्यो । हैदरावादले ३८ र बेंगलोरले १६ छक्का हान्यो । यस्तै खेलमा ४३ चौका प्रहार भए । अर्थात यो खेलमा कुल ४०० रन बाउन्ड्रीबाट बन्यो । 

     बेंग्लोरका दिनेश कार्तिकले विस्फोटक ब्याटिङ गर्दै ३५ बलमा ८३ रन बनाए ।  फाप डु प्लेसिसले ६२, विराट कोहलीले ४२, अनुज रावतले २५ र महिपाल लोमरोरले १९ रन बनाए ।हैदराबादका  प्याट कमिन्सले तीन, म्यांक मार्कान्डेले २ र टि-नटराजनले एक विकेट लिए ।


    यसअघि ब्याटिङ गरेको हैदराबादले २८७ रनको विशाल योगफल बनाएको थियो । ट्रविस हेडको शतक र छक्काको वर्षासँगै हैदराबादले आईपीएल इतिहासकै कीर्तिमानी लक्ष्य दिएको थियो ।चिन्नास्वामी स्टेडियम बेंग्लोरमा टस हारेर पहिला ब्याटिङको निम्तो पाएको हैदराबादले २० ओभरमा ३ विकेट गुमाउँदै २८७ रन बनायो ।

    हेडले ४१ बलमा ९ चौका र ८ छक्कासहित १०२ रनको सानदार शतकीय इनिङ खेले । त्यसपछि हेनरिक क्लासेनले ३१ बलमा २ चौका र ७ छक्कासहित ६७ रनको विष्फोटक पारी खेलेका थिए । ओपनर अभिषेक शर्मा २२ बलमा २ चौका र २ छक्कासहित ३४ रनमा आउट भए ।

    तल्लोक्रममा एडेन माक्ररमले १७ बलमा २ चौका र २ छक्कासहित ३२ रन बनाए । अब्दुल सामदले १० बलमा ४ चौका र ३ छक्कासहित ३७ रन बनाए ।बेंग्लोरका लोकी फर्गुसनले २ र रिस टोप्लीले १ विकेट लिए ।यो जितसँगै हैदराबाद चौथो स्थानमा उक्लिएको छ भने बेंग्लोर अन्तिममा छ ।

    प्रतिक्रिया हरु
    साताको लोकप्रीय
    थप समाचार