मंगलबार, वैशाख १८ गते २०८१
Logo
मंगलबार, वैशाख १८ गते २०८१

१५ महिनामा चौथो पटक विश्वासको मत लिँदै मधेशका मुख्यमन्त्री

१५ महिनामा चौथो पटक विश्वासको मत लिँदै मधेशका मुख्यमन्त्री

साझा पोष्ट
मंगलबार, वैशाख ४ २०८१
  • images
    १५ महिनामा चौथो पटक विश्वासको मत लिँदै मधेशका मुख्यमन्त्री
    images

    काठमाडौं । मधेश प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादवले आज (मंगलबार( विश्वासको मत लिँदैछन्। मुख्यमन्त्रीले विश्वासको मत लिने प्रयोजनको लागि मंगलबार दिउँसो १ बजेका लागि प्रदेश सभा बैठक आह्वान गरिएको प्रदेश संसद सचिवालयले जनाएको छ। १५ महिनाअघि मुख्यन्त्री नियुक्त भएका यादवले चौथोपटक विश्वासको मत लिन लागेका हुन्। 


    images
    images

    प्रदेश सरकारबाट कांग्रस बाहिरिएको र एमाले सरकारमा सहभागी भएपछि प्रदेश प्रमुख यादवले विश्वासको मत लिन लागेका हुन् । यसअघि केन्द्रमा सत्ता समीकरण फेरिएपछि मधेश सरकारबाट गएको चैत ५ गते कांग्रेस बाहिरिएको थियो।  चैत ९ गते कांग्रेसले सरकारलाई दिएको समर्थन पनि फिर्ता लिएको थियो।सरकारमा रहेका दलले समर्थन फिर्ता लिए ३० दिनभित्र विश्वासको मत लिनुपर्ने  व्यवस्था छ।

    जसपा नेता यादव २७ पुस २०७९ मा नेकपा एमाले, माओवादी केन्द्र, जनमत, राप्रपा र नेपाल संघिय समाजवादी पार्टीका ६३ प्रदेशसभा सदस्यको समर्थनमा मधेस सरकारको मुख्यमन्त्री नियुक्त भएका थिए।१०७ सदस्यीय मधेस प्रदेशसभामा बहुमतको लागि ५४ जना सदस्यको समर्थन आवश्यक पर्छ। 

    मधेस प्रदेशसभामा एमालेका २४, कांग्रेसका २२, जसपाका १८, जनमत पार्टीका १३, माओवादी केन्द्र र लोसपाका ९-९ र एकीकृत समाजवादीका ७ जना सांसद छन्।  हाल कांग्रेस र जनमत पार्टी यादवको विपक्षमा छन्। 

    प्रतिक्रिया हरु
    साताको लोकप्रीय
    थप समाचार