मंगलबार, वैशाख १८ गते २०८१
Logo
मंगलबार, वैशाख १८ गते २०८१

मधेशका मुख्यमन्त्रीले पाए विश्वासको मत

मधेशका मुख्यमन्त्रीले पाए विश्वासको मत

साझा पोष्ट
मंगलबार, वैशाख ४ २०८१
  • images
    मधेशका मुख्यमन्त्रीले पाए विश्वासको मत
    images

    काठमाडौं । मधेशका मुख्यमन्त्री सरोजकुमार यादवले विश्वासको मत पाएका छन् । मंगलबार प्रतिपक्षमा रहेका दलहरु नेपाली कांग्रेस, जनमत पार्टी र लोकतान्त्रिक समाजवादी पार्टीले बहिष्कार गरेको प्रदेशसभा बैठकमा मुख्यमन्त्री यादवले विश्वासको मत पाएका हुन् ।


    images
    images

    उनले आफूलाई प्रदेशसभाको विश्वास छ भनी राखेको प्रस्तावमा १०७ प्रदेशसभा सदस्यमध्ये ६१ जनाले समर्थन जनाए । प्रतिपक्षी दलहरुले बहिष्कार गरेका कारण विश्वासको मतसम्बन्धी प्रस्तावको विपक्षमा मत परेन । १५ महिनामा मुख्यमन्त्री यादवले चौथो पटक विश्वासको मत लिएका हुन् ।  
    प्रदेशसभाको कुल सदस्य सङ्ख्याको बहुमत अर्थात ५३ जना सांसदको मत पाउनुपर्नेमा मुख्यमन्त्रीले त्यो भन्दा बढी अर्थात ६१ सांसदको मत पाएका हुन् ।

    मंगलबार मुख्यमन्त्री यादवले विश्वासको मत लिने प्रयोजनका लागि बोलाइएको बैठक जनमत पार्टीले गत ८ माघमा सप्तरीको राजविराजमा कृषि विश्वविद्यालयको भवन शिलान्यासका क्रममा तत्कालीन शिक्षामन्त्री महेशप्रसाद यादवमाथि भएको आक्रमणको घटनाको छानबिन गर्न समिति गठनको माग गरेर अवरोध गर्‍यो ।

    जनमतको अवरोधका कारण सभामुख रामचन्द्र मण्डलले १० मिनेटका लागि बैठक स्थगित गरेर दलहरुबीच छलफल गराएका थिए । तर छानबिन समिति गठनमा सहमति हुन नसकेपछि साँझ बसेको अर्को बैठक पनि जनमतले अवरोध गर्‍यो ।

    तेस्रो पटक जनमतले नाराबाजी गरेपछि सभामुख रामचन्द्र मण्डलले जनमतका दलका नेता महेश प्रसाद यादवलाई बाहिर निकाल्न रुलिङ गरेका थिए । उनीसहित जनमतका सांसद निस्केपछि कांग्रेस र लोसपाका सांसद पनि बाहिर निस्केका थिए । त्यसपछि सभामुखले मत विभाजन गरी पक्ष र विपक्षमा मतदान गर्न समय दिएका थिए ।

    प्रतिक्रिया हरु
    साताको लोकप्रीय
    थप समाचार