मंगलबार, वैशाख १८ गते २०८१
Logo
मंगलबार, वैशाख १८ गते २०८१

सुदूरपश्चिमको मुख्यमन्त्री नपाए गठबन्धनमा संकट आउने झलनाथको चेतावनी

सुदूरपश्चिमको मुख्यमन्त्री नपाए गठबन्धनमा संकट आउने झलनाथको चेतावनी

साझा पोष्ट
मंगलबार, वैशाख ४ २०८१
  • images
    सुदूरपश्चिमको मुख्यमन्त्री नपाए गठबन्धनमा संकट आउने झलनाथको चेतावनी
    images

    काठमाडौं । नेकपा एकीकृत समाजवादीका नेता झलनाथ खनालले सुदूरपश्चिमको मुख्यमन्त्री पहिलो चरणमै आफूहरुलाई नदिए सत्ता गठबन्धनमा संकट आउने चेतावनी दिएका छन् ।


    images
    images

    आज बिहान प्रधानमन्त्री एवम् नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई भेटेर खनालले यस्तो चेतावनी दिएका हुन् । पूर्वसहमति कार्यान्वयन नभएको भन्दै सुदूरपश्चिममा एकीकृत समाजवादी कांग्रेसको साथमा उभिएका बेला खनालले प्रचण्डलाई भेटेरै गठबन्धन भत्किन सक्ने चेतावनी दिएका छन् । 

    उनले सत्ता गठबन्धनमा भएको सहमति अनुसार सुदूरपश्चिमको मुख्यमन्त्री आफूहरुले पाउनुपर्ने भन्दै गठबन्धनको सँस्कृति र मर्मअनुसार अघि बढ्न आग्रह गरेका छन् ।  ‘सहमति गर्ने तर कार्यान्वयन नगर्ने कुराले हेपिएको महसुस भएको' गुनासो पनि उनले प्रचण्ड समक्ष गरेका छन् । 
    प्रधानमन्त्री प्रचण्डले भने आज साँझसम्म ‘मिलाउने’ आश्वासन दिएका छन् ।  प्रधानमन्त्री प्रचण्डले नागरिक उन्मुक्ति पार्टीभित्रको विवादले समस्या सिर्जना गरेको भन्दै एकीकृत समाजवादीलाई चिढ्याउने मनसाय नभएको बताएका थिए । उनले समस्या समाधानका लागि आफू क्रियाशील रहेको बताएका थिए । 

    प्रतिक्रिया हरु
    साताको लोकप्रीय
    थप समाचार