मंगलबार, वैशाख १८ गते २०८१
Logo
मंगलबार, वैशाख १८ गते २०८१

बटलरको शतकमा कोलकातामाथि राजस्थानको रोमाञ्चक जित

बटलरको शतकमा कोलकातामाथि राजस्थानको रोमाञ्चक जित

साझा पोष्ट
बुधबार, वैशाख ५ २०८१
  • images
    बटलरको शतकमा कोलकातामाथि राजस्थानको रोमाञ्चक जित
    images

    काठमाडौं । इन्डियन प्रिमियर लिग आईपीएलमा राजस्थान रोयल्सले कोलकाता नाइट राईडर्समाथि रोमाञ्चक जित हासिल गरेको छ । जोश बटलरको शतकमा राजस्थानले कोलकातालाई २ विकेटले हरायो ।


    images
    images

    घरेलु मैदानमा कोलकाताले दिएको २२४ रनको लक्ष्य राजस्थानले आठ विकेट गुमाएर अन्तिम बलमा पुरा गर्यो । राजस्थानको जितमा बटलर फेरि नायक रहे । उनी १०७ रन बनाएर नटआउट रहे । ६३ बलको सामना गरेका बटलरले ६ छक्का र ९ चौका हाने । बटलरको यो आईपीएलमा सातौं शतक हो । अरु सस्तैमा आउट भएपनि बटलर अन्तिमसम्म डटेर टिमलाई जिताए ।

    राजस्थानलाई अन्तिम ५ ओभरमा ७९ रन चाहिएको थियो र उसले ६ विकेट गुमाईसकेको थियो । तर बटलर र रोमन पावेलले टिमलाई अघि बढाए । पावेलले १३ बलमा २६ रन हाने भने उनी आउट भएपछि बटलरले एक्लै टिमलाई जितसम्म पुर्याए । 

    राजस्थानका लागि रियान परागले १४ बलमा ३४ र रोमन पावेलले १३ बलमा २६ रनको आक्रामक इनिङ खेले ।  यस्तै यशस्वी जैशवालले १९ र सञ्जु सामसनले १२ रन बनाए । कोलकाताका लागि सुनील नरेन, हर्सित राना र वरुण चक्रवर्तीले समान २ विकेट लिए । 
    यसअघि कोलकाताले सुनील नरेनको शतकको मद्दतमा २२३ रनको विशाल योगफल बनाएको थियो । कोलकाताका लागि सुनील नरेनले ५६ बलमा १०९ रन बनाए । उनले १३ चौका र ६ छक्का हाने । यस्तै अंगकृश रघुवंशीले १८ बलमा ३० र   रिंकु सिंहले ९ बलमा २० रन जोडे ।

    आन्दे रसेलले १३, श्रेयस ऐयरले ११ र फिल साल्टले १० रन जोडे । कोलकाताका लागि आवेश खान र कुलदीप सेनले समान २ विकेट लिए । ट्रेन्ट बोल्ट र युजवेन्द्र चहलले समान १ विकेट लिए । जितपछि राजस्थान ७ खेलमा १२ अंकसहित शीर्ष स्थानमा छ । यस्तो कोलकाता ८ अंकका साथ दोस्रो स्थानमा छ । 

    प्रतिक्रिया हरु
    साताको लोकप्रीय
    थप समाचार