सोमबार, वैशाख २४ गते २०८१
Logo
सोमबार, वैशाख २४ गते २०८१

कतारसँग ६ वटा सम्झौतामा हस्ताक्षर हुने

कतारसँग ६ वटा सम्झौतामा हस्ताक्षर हुने

साझा पोष्ट
बुधबार, वैशाख १२ २०८१
  • images
    कतारसँग ६ वटा सम्झौतामा हस्ताक्षर हुने
    images

    काठमाडौं । नेपालको राजकीय भ्रमणमा रहेका कतारका राजा अमिर शेख तमिम बिन हमाद अल थानी र प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डबीच आज भेटवार्ता हुँदै छ ।


    images
    images

    भेटवार्ता पछि द्विपक्षीय सम्झौता र समझदारी पत्रमा हस्ताक्षर हुनेछ ।  राजा थानी बसेकै होटल सोल्टीमा बिहान १० बजेपछि कतारसँग ६ वटा एमओयुमा हस्ताक्षर हुनेछ ।
     नेपाल र कतारको सरकारी समाचार एजेन्सी, महान्याधिवक्ताको कार्यालय र इन्स्टिच्युट अफ फरेन अफेयर्ससँग सम्बन्धित विषयमा तालिम र सहयोग आदान प्रदान सम्बन्धी हस्ताक्षर हुने कार्यक्रम छ । यसैगरी शिक्षा र संस्कृति आदान प्रदानसँग सम्बन्धित विषयमा पनि हस्ताक्षर गर्ने कार्यक्रम छ ।

    तर नेपालले कतारलाई हात्ती उपहार दिने सम्झौतामा भने आजै हस्ताक्षर हुने छैन । अन्तर्राष्ट्रिय कानुनको प्रक्रिया पूरा गर्न बाँकी भएकाले हात्ती उपहार दिने सम्झौता नहुने परराष्ट्र मन्त्रालयका प्रवक्ता अमृतबहादुर राईले जानकारी दिए । 

    होटल सोल्टीको कार्यक्रमपछि प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले होटल द्वारिकामा आयोजना गरेको दिवा भोजमा कतारको राजासहितको टोली सहभागी हुनेछ । त्यसपछि कतारी राजा आजै दिउँसो नेपालबाट फर्किने कार्यक्रम छ ।

    राष्ट्रपति रामचन्द्र पौडेलको निम्तोमा दुईदिने राजकीय भ्रमणका लागि कतारका राजा भ्रमण दलका सदस्यहरुसहित मंगलबार काठमाडौं आएका थिए । उनले मंगलबार साँझ नै राष्ट्रपति पौडेलसँग भेटवार्ता गर्नुका साथै शितल निवासमा आयोजित रात्रिभोजमा सरिक पनि भएका थिए ।कतारका राजाको यो पहिलो नेपाल भ्रमण हो । 

    प्रतिक्रिया हरु
    साताको लोकप्रीय
    थप समाचार