सोमबार, वैशाख २४ गते २०८१
Logo
सोमबार, वैशाख २४ गते २०८१

स्टोइनिसको शानदार शतकमा चेन्नईमाथि लखनउको जित

स्टोइनिसको शानदार शतकमा चेन्नईमाथि लखनउको जित

साझा पोष्ट
बुधबार, वैशाख १२ २०८१
  • images
    स्टोइनिसको शानदार शतकमा चेन्नईमाथि लखनउको जित
    images

    काठमाडौं । मार्कस स्टोइनिसको शानदार शतकमा लखनउ सुपर जायन्ट्सले इन्डियन प्रिमियर लिग (आईपीएल)  को ३९ औं खेलमा घरेलु टोली चेन्नईलाई ६ विकेटले हराएको छ ।


    images
    images

    २११ रनको लक्ष्य पछ्याएको लखनउले १९.३ ओभरमा ४ विकेट गुमाउँदै पूरा गर्यो । लखनउको जितमा मार्कस स्टोइनिसले ६३ बलमा १३ चौका र ६ छक्कासहित १२४ रनको नटआउट शतकीय इनिङ खेले । आफ्नो एकल बलमा स्टोइनिसले खेल जिताए । 

    लखनउलाई जितका लागि अन्तिम ओभरमा बलमा १७ रन चाहिएको थियो । स्टोइनिसले मुश्ताफिजुर रहमानको पहिलो बलमा छक्का, दोस्रो बलमा चौका, तेस्रो नो बलमा चौका र फेरि अर्को  चौका हान्दै सहजै खेल जिताए ।दीपक हुडा ६ बलमा २ चौका र १ छक्कासहित १७ रनमा नटआउट रहे । 

    निकोलस पुरन १५ बलमा ३ चौका र २ छक्कासहित ३४, देवदत्त पाडिक्कल १३, राहुल १६ र क्विन्टन डि कक शून्यमा आउट भए । चेन्नईका मथिसा पाथिरानाले ४ ओभरमा ३५ रन खर्चेर २ विकेट लिए । दीपक चाहर र मुश्ताफिजुर रहमानले १–१ विकेट लिए ।

    त्यसअघि घरेलु मैदानमा टस हारेर पहिला ब्याटिङको निम्तो पाएको चेन्नईले २० ओभरमा ४ विकेट गुमाउँदै २१० रन बनाएको थियो । चेन्नईका कप्तान ऋतुराज गायकवाडले ६० बलमा १२ चौका र ३ छक्कासहित १०८ रनको शतकीय इनिङ खेले पनि जितका लागि पर्याप्त भएन् । 
    शिवम दुबेले २७ बलमा ३ चौका र ७ छक्कासहित ६६, अजिंक्या रहाणे १, डर्याल मिचेल ११ र रविन्द्र जडेजाले १६ रन बनाए । लखनउका म्याट हेनरी, मोहसिन खान र यश ठाकुरले १र१ विकेट लिए ।

    लखनउ ८ खेलमा ५ मा जितसहत १० अंकका साथ चौथो स्थानमा छ । चेन्नई ८ खेलमा समान चारमा हार र जितका साथ पाँचौं स्थानमा छ । राजस्थान ८ खेलमा ७ मा जितका साथ शीर्षस्थानमा छ ।

    प्रतिक्रिया हरु
    साताको लोकप्रीय
    थप समाचार