सोमबार, वैशाख २४ गते २०८१
Logo
सोमबार, वैशाख २४ गते २०८१

झापामा जीप र मोटरसाइकल ठोक्किँदा ३ युवकको मृत्यु

झापामा जीप र मोटरसाइकल ठोक्किँदा ३ युवकको मृत्यु

साझा पोष्ट
बुधबार, वैशाख १२ २०८१
  • images
    झापामा जीप र मोटरसाइकल ठोक्किँदा  ३ युवकको मृत्यु
    images

    काठमाडौं । झापामा बुधबार बिहान बोलेरो जीप र मोटरसाईकल आपसमा ठोक्किँदा तीन जनाको मृत्यु भएको छ।


    images
    images

     बिहान साढे पाँच बजे पूर्वपश्चिम राजमार्गमा पर्ने शिवसताक्षी– ८ मा मे ३ प ५००१ नम्बरको मोटरसाइकल र प्रदेश १–०१–००१ च ९३२९ नम्बरको बोलेरो आपसमा ठोक्किँदा मोटरसाइकलमा सवार तीन युवकको मृत्यु भएको प्रहरीले जनाएको छ। 

    मोटरसाइकलमा सवार दुई युवकको घटनास्थलमै र एक जनाको बीएण्डसी हस्पिटल बिर्तामोडमा मृत्यु भएको हो जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ। २०–२२ वर्ष उमेरका मृतकहरुको सनाखत हुँन बाँकी रहेको पनि प्रहरीले जनाएको छ । 

    दुर्घटनापछि बोलेरो चालक झापाकै मेचीनगर- ६ घर भएका ४५ वर्षीय ऋषिराज गिरीलाई प्रहरीले नियन्त्रणमा लिएको छ। घटनाका सम्बन्धमा थप अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ।

    प्रतिक्रिया हरु
    साताको लोकप्रीय
    थप समाचार