सोमबार, वैशाख २४ गते २०८१
Logo
सोमबार, वैशाख २४ गते २०८१

लुम्बिनी प्रदेशमा हावाहुरीको चेतावनी, सचेत रहन अनुरोध

लुम्बिनी प्रदेशमा हावाहुरीको चेतावनी, सचेत रहन अनुरोध

साझा पोष्ट
बुधबार, वैशाख १२ २०८१
  • images
    लुम्बिनी प्रदेशमा हावाहुरीको चेतावनी, सचेत रहन अनुरोध
    images

    काठमाडौं । जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले लुम्बिनी प्रदेशलगायत  तराईका केही स्थानमा हुरीबतासको सम्भावना रहेको जनाउँदै सतर्कता अपाउन आग्रह गरेको छ । महाशाखाले त्यस क्षेत्रमा दैनिक जनजीवनलगायत कृषि, स्वास्थ्य, पर्यटन, पर्वतारोहण, सडक तथा हवाई यातायातमा आंशिक असर पर्ने भन्दै सचेत रहन आग्रह गरेको हो । 


    images
    images

    महाशाखाले जारी गरेको बुलेटिनमा कोशी, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भू–भागका एक–दुई स्थानमा मेघगर्जनरचट्याङसहित छिटपुटदेखि हल्का वर्षा तथा लुम्बिनीसहित तराई भूभागका केही स्थानमा हावाहुरीको सम्भावना रहेको उल्लेख छ ।

    हाल देशमा पश्चिमी वायु र स्थानीय वायुको आंशिक प्रभाव रहेको बताउँदै अहिले पहाडी क्षेत्रमा आंशिक बदली रही बाँकी भूभागमा मौसम मुख्यतया सफा रहेको पनि महाशाखले जनाएको छ ।

    महाशाखाका अनुसार आज दिउँसो कोशी, गण्डकी र कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भूभागमा आंशिक बदली रही बाँकी भागमा  मुख्यतया मौसम सफा रहने छ ।  कोशी, गण्डकी र कर्णाली र सुदूरपश्चिम प्रदेशका केही स्थानमा मेघगर्जन र चट्याङसहित छिटपुट वर्षाको सम्भावना छ । कोशी, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका उच्च पहाडी तथा हिमाली  भागका एक–दुई स्थानमा हल्का हिमपातको सम्भावना छ । 
    त्यसैगरी, आज राति कोशी, गण्डकी र कर्णाली प्रदेशका पहाडी भागमा आंशिक बदली रही बाँकी भागमा मुख्यतया मौसम सफा रहने छ । कोशी, गण्डकी र कर्णाली प्रदेशका पहाडी भागका एक–दुई स्थानमा मेघगर्जन चट्याङसहित छिटपुट वर्षाको सम्भावना छ । कोशी, गण्डकी र कर्णाली प्रदेशका उच्च पहाडी तथा हिमाली भागका एक–दुई स्थानमा हल्का हिमपातको सम्भावना  छ । 
    आज अपराह्न र राति कोशी, गण्डकी, कर्णाली र सुदूरपश्चिम  प्रदेशका पहाडी क्षेत्रका एक–दुई स्थानमा  मेघगर्जन र चट्याङसहित छिटपुट वर्षाको सम्भावना छ । कोशी, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशको उच्च पहाडी तथा हिमाली भागका एक–दुई स्थानमा हल्का हिमपातको सम्भावना  छ । 

    तराई मधेशका जिल्लाहरुमा केही दिनदेखि तातो हावा चल्ने र चर्को गर्मी हुने क्रम अहिले पनि उस्तै छ । तत्काल पानी पर्ने सम्भावना नरहेकाले गर्मी बढ्ने पूर्वानुमान छ ।यही वैशाख १४ गतेसम्मै तातो हावा चल्ने सम्भावना रहेको महाशाखाले जनाएको छ । त्यसको असरबाट जोगिन आवश्यक सतर्कता अपनाउन पनि महाशाखाले अनुरोध गरेको छ । 

    प्रतिक्रिया हरु
    साताको लोकप्रीय
    थप समाचार