सोमबार, वैशाख २४ गते २०८१
Logo
सोमबार, वैशाख २४ गते २०८१

वेष्टइण्डिज ‘ए’ टोली नेपाल आई पुग्यो

वेष्टइण्डिज ‘ए’ टोली नेपाल आई पुग्यो

साझा पोष्ट
बुधबार, वैशाख १२ २०८१
  • images
    वेष्टइण्डिज ‘ए’ टोली नेपाल आई पुग्यो
    images

    काठमाडौं । टी–२० सिरिज खेल्न वेष्ट इण्डिज ‘ए’ टोली नेपाल आइपुगेको छ । घरेलु टोलीसँग ५ खेलको टी–२० सिरिज खेल्न वेष्ट इण्डिज ‘ए’ टोली बुधवार बिहान नेपाल आइपुगेको हो ।


    images
    images

    वेष्ट इण्डिज ‘ए’ र नेपालबिचको पहिलो खेल टीयु क्रिकेट मैदानमा वैशाख १५ गते हुनेछ । वैशाख १६ मा दोस्रो, १९ मा, २० मा चौथो र वैशाख २२ मा अन्तिम खेल हुनेछ ।

    नेपालसँग खेल्न पहिलो पटक वेस्ट इन्डिज टोली नेपाल आएको हो । वेष्ट इण्डिज ‘ए’ ले सिरिजका लागि अनुभवी खेलाडी रोस्टन चेसको कप्तानीमा १५ सदस्यीय बलियो टोली घोषणा गरिसकेको छ ।

    टोलीमा ३ जनाबाहेक सबैसँग सिनियर टोलीबाट खेलेको अनुभव छ । वेस्टइण्डिज दुई पटकको एकदिवसीय र एकपटकको टी–२० विश्वकप विजेता हो । 

    प्रतिक्रिया हरु
    साताको लोकप्रीय
    थप समाचार