सोमबार, वैशाख २४ गते २०८१
Logo
सोमबार, वैशाख २४ गते २०८१

आज रातिदेखि मौन अवधि, उपनिर्वाचनको प्रचारप्रसार गर्न नपाइने

आज रातिदेखि मौन अवधि, उपनिर्वाचनको प्रचारप्रसार गर्न नपाइने

साझा पोष्ट
बुधबार, वैशाख १२ २०८१
  • images
    आज रातिदेखि मौन अवधि, उपनिर्वाचनको प्रचारप्रसार गर्न नपाइने
    images

    काठमाडौं ।  वैशाख १५ मा हुने उपनिर्वाचनका लागि आज राति १२ बजेदेखि मौन अवधि सुरु हुँदैछ । 


    images
    images

     निर्वाचन आचारसंहिता अनुसार मतदानको ४८ घण्टा अघिबाट मौन अवधि सुरु हुन्छ । मौन अवधिमा निर्वाचनको प्रचारप्रसार गर्न पाइँदैन ।

    मौन अवधिमा सामाजिक सञ्जालबाट समेत प्रचारप्रसार गर्न निषेध गरिएको निर्वाचन आयोगले जनाएको छ ।आगामी शनिबार इलाम क्षेत्र नं २ मा प्रतिनिधि सभाको लागि र बझाङ क्षेत्र नं. १ ‘क’ म प्रदेश सभाको लागि उपनिर्वाचन हुँदैछ ।

    निर्वाचन आयोगले मौन अवधिमा आचारसंहिता प्रतिकूल हुने गतिविधिको निगरानीका लागि अनुगमन गर्न विशेष संयन्त्र बनाएको जनाएको छ । 

     

    प्रतिक्रिया हरु
    साताको लोकप्रीय
    थप समाचार