२०८३, साउन ३० गते

शनिबार, साउन ३० गते २०८३

शनिबार, साउन ३० गते २०८३

क्यान्सरपछि एड्सको पनि उपचार पत्ता लाग्यो, एउटै खोपले भाईरस निर्मुल हुने

क्यान्सरपछि एड्सको पनि उपचार पत्ता लाग्यो, एउटै खोपले भाईरस निर्मुल हुने

साझा पोष्ट
बिहीबार , असार २ २०७९
  • images
    images
    क्यान्सरपछि एड्सको पनि उपचार पत्ता लाग्यो, एउटै खोपले भाईरस निर्मुल हुने
    काठमाडौं । क्यान्सरको औषधि पत्ता लागेको केही दिनमै वैज्ञानिकले एचआइभी एडसको पनि उपचार खोजेका छन् । इजरेलको तेल अविव विश्वविद्यालयका अनुसन्धानकर्ताले एडसको खोप बनाउन सफलता पाएका हुन् । यो खोपको एक डोजले नै शरिरमा भाईरस निमिट्यान्न पार्ने बताईएको छ । एचआइभीका कारण शरिरमा रोग प्रतिरोधात्मक क्षमता घट्दै जान्छ । अहिलेसम्म यसको स्थायी उपचार बजारमा उपलव्ध छैन । यो खोप बनाउन जीन एडिटिंग प्रविधिको प्रयोग गरिएको छ । हाल यसको प्रयोग मुसामा गरिएको छ । खोपले भाईरससँग लड्ने एन्टीबडी विकसित गरेको बताइएको छ । अनुसन्धानकर्ताले यो खोप सुरक्षित र शक्तिशाली हुनुका साथै क्यान्सरका विरामीमा पनि उपयोगी हुन सक्ने बताएका छन् । यो खोप दिएपछि शरिरमा नशाको माध्यमबाट सबैतिर फैलिन्छ र भाइरस, बैक्टेरिया र मानिसको सेललाई जेनेटिकली परिवर्तन गर्छ । परिवर्तन भैसकेको सेलको जव भाईरससँग सामना हुन्छ तत्कालै सेल हावी हुन्छ । यो प्रविधिका कारण क्यान्सर रोगको खोप पनि निकट भविष्यमै बजारमा आउन सक्ने संभावना बढेको छ । एजेन्सी ।

    प्रतिक्रिया
    साताको लोकप्रिय
    थप समाचार