२०८३, साउन ३० गते

शनिबार, साउन ३० गते २०८३

शनिबार, साउन ३० गते २०८३

डेंगुका कारण २९ जनाको मृत्यु,झण्डै २३ हजार संक्रमित

डेंगुका कारण २९ जनाको मृत्यु,झण्डै २३ हजार संक्रमित

साझा पोष्ट
शनिबार, असोज ८ २०७९
  • images
    images
    डेंगुका कारण २९ जनाको मृत्यु,झण्डै २३ हजार संक्रमित

     काठमाडौं । देशभर फैलिएको डेंगुका कारण अहिलेसम्म २९ जनाको मृत्यु भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले असाेज ७ गतेसम्म डेंगुका कारण ज्यान गुमाउनेको संख्या २९ पुगेको जानकारी दिएको हो । 


    images

     मन्त्रालयका अनुसार ७६ जिल्लामा डेंगु फैलिएको छ र साउनदेखि अहिलेसम्म २२ हजार ९८८ जनालाई डेंगु भएको छ । नेपालमा पहिलो पटक २०६१ मा डेंगुका बिरामी भेटिएको थियो । त्यसयता हरेक वर्ष बढिरहेको डेंगुले यो वर्ष महामारीकै रुप लिएको छ ।

     सबैभन्दा धेरै बागमती प्रदेशमा १७ हजार ७३१ जनालाई डेंगु भएको 
    मन्त्रालयले जनाएको छ । लुम्बिनी प्रदेशमा २ हजार ८२१ जना, सुदूरपश्चिम प्रदेशमा ७७७, प्रदेश १ मा ५९१, गण्डकीमा ५१५, मधेश प्रदेशमा ३२३ र कर्णाली प्रदेशका २३० जनालाई डेंगु भएको छ ।

    भक्तपुर, ललितपुर लगायतका सबभन्दा धेरै संक्रमण फैलिएका जिल्लामा खोज र नष्ट गर अभियान चलाइएको पनि मन्त्रालयले जनाएको छ ।

    health ministry1664015308.jpg

    प्रतिक्रिया
    साताको लोकप्रिय
    थप समाचार