२०८३, साउन ३० गते

शनिबार, साउन ३० गते २०८३

शनिबार, साउन ३० गते २०८३

नयाँ दिल्लीका ८० प्रतिशत परिवार वायु प्रदूषणको चपेटामा

नयाँ दिल्लीका ८० प्रतिशत परिवार वायु प्रदूषणको चपेटामा

साझा पोष्ट
आइतबार, कात्तिक २० २०७९
  • images
    images
    नयाँ दिल्लीका ८० प्रतिशत परिवार वायु प्रदूषणको चपेटामा

    एजेन्सी । बायु प्रदूषाणका कारण भारतका विभिन्न क्षेत्रमा बसोबास गर्ने करिब ८० प्रतिशत परिवारमा वायु प्रदुषणसँग सम्बन्धित रोग भएको एक अध्ययन देखाएको छ ।


    images

    भारतको राजधानी नयाँदिल्लीमा वायु प्रदूषणमा भएको वृद्धिले स्वास्थ्य जोखिम बढाइरहेका बेला सार्वजनिक भएको सर्वेक्षणले  वायुको गुणस्तर सूचकाङ्कले गम्भीरतह पार गरेको देखाएको हो । 

    सर्वेक्षणका निष्कर्षलाई उद्धृत गर्दै बिजनेस स्ट्यान्डर्ड दैनिकले छापेको समाचारअनुसार  नयाँदिल्ली र वरपरका क्षेत्रमा बसोबास गर्ने प्रत्येक पाँच परिवारमध्ये चारले प्रदूषण–सम्बन्धित रोगको शिकार भएको अनुभव गरिरहेको छन् । उनीहरूमध्ये १८ प्रतिशतले डाक्टर वा अस्पताल गएर रोगको निदान एवम् उपचार  खोजेका छन् । 

    नोएडा, गाजियाबाद, गुरुग्राम र फरीदाबाद  नजिकका सामुदायिक सामाजिक सञ्जाल र स्थानीय समूहहरूसँगको सभागितामा गरिएको सर्वेक्षणमा १९ हजार जनालाई समेटिएको थियो । 

    ८० प्रतिशतले प्रदूषणका कारण धेरै समस्या सामना गरिरहेको बताए भने सात प्रतिशतले प्रदूषणबाट आफ्नो स्वास्थ्यमा कुनै समस्या नभएको बताएका थिए ।

    प्रतिक्रिया
    साताको लोकप्रिय
    थप समाचार