२०८३, साउन ३० गते

शनिबार, साउन ३० गते २०८३

शनिबार, साउन ३० गते २०८३

विश्वव्यापी रुपमा कोरोना संक्रमण बढ्दै गएकाले सावधानी अपनाउन सरकारको आग्रह 

विश्वव्यापी रुपमा कोरोना संक्रमण बढ्दै गएकाले सावधानी अपनाउन सरकारको आग्रह 

साझा पोष्ट
बिहीबार , पुस ७ २०७९
  • images
    images
    विश्वव्यापी रुपमा कोरोना संक्रमण बढ्दै गएकाले सावधानी अपनाउन सरकारको आग्रह 

    काठमाडौं । सरकारले कोरोना संक्रमण विश्वव्यापी रुपमा बढ्दै गएकाले सावधानी अपनाउन आग्रह गरेको छ ।नेपालमा कोरोना संक्रमण दर न्यून भएपनि विश्वव्यापी रुपमा बढ्दै गएकोले सचेत हुन आग्रह गरेको छ ।


    images

    स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले बिहीबार सूचना जारी गर्दै छिमेकी देशहरूमा नयाँ भेरियन्ट पुष्टि भएको अवस्थामा निगरानी बढाउने र सम्बन्धित देशहरुसँग समन्वय गरिरहेको जनाएको हो ।


    मन्त्रालयका सहप्रवक्ता डा.समिरकुमार अधिकारीले जारी गरेको  प्रेस विज्ञप्तिमा सम्पूर्ण प्रवेश विन्दुका हेल्थ डेक्स तथा स्वास्थ्य संस्थाहरूले आवश्यक स्क्रीनिंङ, निगरानी सतर्कता एवं आवश्यक तयारी अवस्थामा रहन समेत निर्देशन दिइएको छ । 


    राष्ट्रिय प्रयोगशालामा ४८ वटा नमुना परीक्षण गरिएपनि पछिल्लो समय छिमेकी मुलुकहरूमा पुष्टि भएको बि.एफ. ७ हालसम्म पुष्टि नभएको मन्त्रालयले जनाएको छ । 
    चीनमा ओमिक्रोनको सबभेरियन्ट (उपप्रजाति) बीएफ.७ फैलिएसँगै नेपालमा पनि संक्रमण जोखिम बढ्ने आंकलन गरिएको छ ।

    कडा ‘शून्य–कोभिड’ नीति हटाउने चीन सरकारको निर्णयसँगै अस्पतालमा संक्रमितको संख्या बढ्दै गएको छ । अक्टोबरमा संयुक्त राज्य अमेरिका र धेरै युरोपेली देशहरुमा भेटिएको सब भेरियन्ट बीएफ.७ भारतमा पनि देखा परिसकेको छ । जसले गर्दा नेपालमा पनि फैलनसक्ने सम्भावना बढेको जनस्वास्थ्य विज्ञ बताउँछन् ।

    सब भेरियन्ट बीएफ.७ ९बीए.१ र बीए.२, बीएम.१ लगायतका अन्य सबभेरियन्ट० भन्दा धेरै गुणा बढी संक्रामक मानिएको छ ।

    heatlh corona1671725288.jpg

    प्रतिक्रिया
    साताको लोकप्रिय
    थप समाचार