२०८३, साउन ३० गते

शनिबार, साउन ३० गते २०८३

शनिबार, साउन ३० गते २०८३

बाँकेपछि सुर्खेतका पाँच जनामा पनि दादुरा सङ्क्रमण पुष्टि

बाँकेपछि सुर्खेतका पाँच जनामा पनि दादुरा सङ्क्रमण पुष्टि

अहिले वीरेन्द्रनगरमा तीन, गुर्भाकोट र चिङ्गाड गाउँपालिकामा एक–एक जनामा दादुरा सङ्क्रमण देखिएको प्रदेश स्वास्थ्य निर्देशनालयका सूचना अधिकारी पदमबहादुर केसीले जानकारी दिए । छिमेकी जिल्ला बाँकेमा दादुरको सङ्क्रमण तीव्र भइहहेका बेला सुर्खेतमा पनि सङ्क्रमण देखिएकाले सतर्कता अपाउन उनको सुझाव  छ । 

साझा पोष्ट
बिहीबार , माघ १२ २०७९
  • images
    images
    बाँकेपछि सुर्खेतका पाँच जनामा पनि दादुरा सङ्क्रमण पुष्टि

    सुर्खेत । सुर्खेतमा पाँच जनामा दादुरा सङ्क्रमण पुष्टि भएको छ । यहाँका तीन पालिकाका पाँच जनामा दादुरा सङ्क्रमण पुष्टि भएको हो । 

    images

    अहिले वीरेन्द्रनगरमा तीन, गुर्भाकोट र चिङ्गाड गाउँपालिकामा एक–एक जनामा दादुरा सङ्क्रमण देखिएको प्रदेश स्वास्थ्य निर्देशनालयका सूचना अधिकारी पदमबहादुर केसीले जानकारी दिए । छिमेकी जिल्ला बाँकेमा दादुरको सङ्क्रमण तीव्र भइहहेका बेला सुर्खेतमा पनि सङ्क्रमण देखिएकाले सतर्कता अपाउन उनको सुझाव  छ । 

    दादुरासँग मिल्दोजुल्दो लक्षण भएका बिरामी देखिएपछि परीक्षण गर्दा दादुरा पुष्टि भएको केसीको भनाइ छ । दादुराका बिरामी भेटिएपछि प्रदेश स्वास्थ्य निर्देशनालय सुर्खेतले अहिले विभिन्न ठाँउमा परीक्षण र खोप अभियानलाई तीव्रता दिएको छ । 

    बाँकेलाई दुई वर्ष अघि पूर्ण खोपयुक्त जिल्ला घोषणा गरिएको थियो । तर अहिले त्यही जिल्ला दादुराको हटस्पट बनेको छ । जिल्लामा दैनिक सरदर १४/१५ जना दादुरा संक्रमित बालबालिका थपिनेक्रम जारी रहेको स्वास्थ्य कार्यालय बाँकेकी प्रमुख सुनिता पौडेलले बताइन् । बाँकैपछि सुर्खेतमा दादूरा फैलिएको छ । नेपालले सन् २०१९ भित्र दादुरा उन्मूलन गर्ने लक्ष्य राखेको थियो ।

    प्रतिक्रिया
    साताको लोकप्रिय
    थप समाचार