२०८३, साउन ३० गते

शनिबार, साउन ३० गते २०८३

शनिबार, साउन ३० गते २०८३

वीर अस्पतालमा बर्न वार्ड सञ्चालन गरिने

वीर अस्पतालमा बर्न वार्ड सञ्चालन गरिने

वीर अस्पतालका नवनियुक्त कार्यकारी निर्देशक डा सन्तोष पौडेलले तीन महिनाभित्रमा बर्न वार्ड सञ्चालनमा ल्याउने बताएका छन् । २०७२ को भूकम्पले वार्ड रहेको भवन भत्किएपछि सेवा बन्द भएको थियो ।  'तीन महिनाभित्र बर्न वार्डसहित सघन उपचार कक्ष (आइसियु), शल्यक्रिया कक्ष हामीले सञ्चालन गर्ने छौँ, उनले भने, 'अब जलन भएका बिरामीको उपचार गर्नेछौँ ।'

साझा पोष्ट
शनिबार, फागुन ६ २०७९
  • images
    images
    वीर अस्पतालमा बर्न वार्ड सञ्चालन गरिने

    काठमाडौं । काठमाडौंको वीर अस्पतालमा ‘बर्न वार्ड’ सञ्चालन गरिने भएको छ । 


    images

    वीर अस्पतालका नवनियुक्त कार्यकारी निर्देशक डा सन्तोष पौडेलले तीन महिनाभित्रमा बर्न वार्ड सञ्चालनमा ल्याउने बताएका छन् । २०७२ को भूकम्पले वार्ड रहेको भवन भत्किएपछि सेवा बन्द भएको थियो । 

    'तीन महिनाभित्र बर्न वार्डसहित सघन उपचार कक्ष (आइसियु), शल्यक्रिया कक्ष हामीले सञ्चालन गर्ने छौँ, उनले भने, 'अब जलन भएका बिरामीको उपचार गर्नेछौँ ।'

    अस्पतालले नयाँ भवनबाट वार्ड सञ्चालन गर्ने छ । स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री पदम गिरीले शुक्रबार डा पौडेललाई अस्पतालको कार्यकारी निर्देशकमा नियुक्त गरेका थिए । यसअघि कोभिड युनिफाइड केन्द्रीय अस्पताल (वीर अस्पताल) को निमित्त कार्यकारी अधिकारीको जिम्मेवारी डा भूपेन्द्र बस्नेतले पाएका थिए । 

    प्रतिक्रिया
    साताको लोकप्रिय
    थप समाचार