२०८३, साउन ३० गते

शनिबार, साउन ३० गते २०८३

शनिबार, साउन ३० गते २०८३

भरतपुर अस्पतालबाट नक्कली पीसीआर रिपोर्ट तयार, प्रहरीले अनुसन्धान थाल्यो

भरतपुर अस्पतालबाट नक्कली पीसीआर रिपोर्ट तयार, प्रहरीले अनुसन्धान थाल्यो

काठमाडौं । चितवनको भरतपुर अस्पतालको लेटरप्याड र डिजिटल हस्ताक्षर प्रयोग गरेर नक्कली कोरोना रिपोर्ट बनाएको पाइएको छ । अस्पतालका मेडिकल सुपरिटेण्डेण्ट प्रा.डा.कृष्णप्रसाद पौडेलले अस्पतालको लेटरप्याड र हस्ताक्षर दुरुपयोग गरेर पीसीआर परीक्षणको नक्कली रिपोर्टहरु तयार पारिएको जानकारी दिएका हुन् ।

साझा पोष्ट
मंगलबार, चैत २८ २०७९
  • images
    images
    भरतपुर अस्पतालबाट नक्कली पीसीआर रिपोर्ट तयार, प्रहरीले अनुसन्धान थाल्यो

    काठमाडौं । चितवनको भरतपुर अस्पतालको लेटरप्याड र डिजिटल हस्ताक्षर प्रयोग गरेर नक्कली कोरोना रिपोर्ट बनाएको पाइएको छ ।


    images

    अस्पतालका मेडिकल सुपरिटेण्डेण्ट प्रा.डा.कृष्णप्रसाद पौडेलले अस्पतालको लेटरप्याड र हस्ताक्षर दुरुपयोग गरेर पीसीआर परीक्षणको नक्कली रिपोर्टहरु तयार पारिएको जानकारी दिएका हुन् ।

     पौडेलले अस्पतालमा माघ १३ गतेयता रिएजेन्ट नभएका कारण पीसीआर परीक्षण नभएको बताएका छन् । अस्पतालको प्रयोगशाखामा अहिले दैनिक ४-५ वटा एन्टिजेन नमुना परीक्षण मात्र भइरहेको  उनले प्रष्ट पारेका छन् । तर एसईई र क्याम्पसस्तरको परीक्षा दिने विद्यार्थीहरुले नक्कली पीसीआर रिपोर्ट बनाएको पाइएपछि अस्पताल बोलेको हो हो । रिपोर्टमा आएको क्यूआर कोड स्क्यान गरी उक्त व्यक्तिको रिपोर्ट होरहोइन भनी थाहा पाउन सकिने पनि उनले जनाएका छन् ।


    अस्पतालले घटनाको अनुसन्धान गरिदिन चितवन जिल्ला प्रहरी कार्यालयलाई पत्राचार समेत गरेको छ । जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी डीएसपी विजयराज पण्डितले अनुसन्धान प्रक्रिया जारी रहेको बताए । अनुसन्धानपछि दोषीलाई कारबाहीको दायरामा ल्याउने उनले बताए । 

    bharatpur-pcr-1681193722.jpg

    प्रतिक्रिया
    साताको लोकप्रिय
    थप समाचार