२०८३, साउन ३० गते

शनिबार, साउन ३० गते २०८३

शनिबार, साउन ३० गते २०८३

काठमाडौं उपत्यकासहित पहाडी भेगमा तुवाँलो

काठमाडौं उपत्यकासहित पहाडी भेगमा तुवाँलो

काठमाडौं ।  देशका काठमाडौं उपत्यकासहित पहाडी भेग तथा मधेश प्रदेश र लुम्बिनी प्रदेशका केही स्थानमा अहिले तुवाँलो लागेको छ ।  मौसम पूर्वानुमान महाशाखाका अनुसार  आगामी २-३ दिनसम्म वर्षाको खासै सम्भावना नभएकाले तुवाँलो हट्ने सम्भावना छैन।  केही ठाउँमा हावा चल्ने सम्भावना भएकाले त्यसले डढेलो फैलिने र त्यसले झन् तुवाँलो बढाउने देखिएको महाशाखाले जनाएको छ । 

साझा पोष्ट
बुधबार, चैत २९ २०७९
  • images
    images
    काठमाडौं उपत्यकासहित पहाडी भेगमा तुवाँलो

    काठमाडौं ।  देशका काठमाडौं उपत्यकासहित पहाडी भेग तथा मधेश प्रदेश र लुम्बिनी प्रदेशका केही स्थानमा अहिले तुवाँलो लागेको छ । 


    images

    मौसम पूर्वानुमान महाशाखाका अनुसार  आगामी २-३ दिनसम्म वर्षाको खासै सम्भावना नभएकाले तुवाँलो हट्ने सम्भावना छैन। 
    केही ठाउँमा हावा चल्ने सम्भावना भएकाले त्यसले डढेलो फैलिने र त्यसले झन् तुवाँलो बढाउने देखिएको महाशाखाले जनाएको छ । 

    तुवाँलोले स्वास्थ्यमा असर पर्ने भएकाले स्वास्थ्यकर्मीसँग सल्लाह लिएर सतर्कता अपनाउनुपर्ने मौसमविद प्रतिभा मानन्धरको सुझाव छ। 

    महाशाखाका अनुसार आज दिउँसो देशका पहाडी भेगमा आंशिक बदली (थोरै आकाशमा बादल) रही बाँकी स्थानमा मौसम सामान्यतया सफा रहनेछ।

    कोशी प्रदेश, गण्डकी प्रदेश र कर्णाली प्रदेशका पहाडी क्षेत्रका एकरदुई स्थानमा मेघगर्जनरचट्याङसहित हल्का\क्षणिक वर्षाको सम्भावना छ। साथै लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराईका थोरै स्थानमा हावाहुरीको समेत सम्भावना छ।

    महाशाखाका अनुसार आज राति देशका पहाडी भेगमा आंशिक बदली रही बाँकी स्थानमा मौसम सामान्यतया सफा रहने छ। 

    प्रतिक्रिया
    साताको लोकप्रिय
    थप समाचार