२०८३, साउन ३० गते

शनिबार, साउन ३० गते २०८३

शनिबार, साउन ३० गते २०८३

नेपालमा डेंगी संक्रमणका चारै सेरोटाइप सक्रिय, एकपछि अर्को लागे खतरा

नेपालमा डेंगी संक्रमणका चारै सेरोटाइप सक्रिय, एकपछि अर्को लागे खतरा

काठमाडौं । नेपालमा डेंगी भाइरसको सङ्क्रमण सेरोटाइप–२ स्वरुप बढी सक्रिय रहेको पाइएको छ।  इपिडिमियोलोजी तथा सरुवा रोग नियन्त्रण महाशाखाले गरेको अध्ययनमा यसपटक सेरोटाइप–२ स्वरुप बढी देखिएको हो। महाशाखाका किटजन्य रोग नियन्त्रण शाखाका प्रमुख डा गोकर्ण दाहालले सेरोटाइप–२ स्वरुपको डेंगी ४१ प्रतिशत देखिएको जानकारी दिए। महाशाखाले राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला र धरानको बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका ५८ नमुना परीक्षण गरेको थियो। परीक्षणमा सेरोटाइप–१, सेरोटाइप–२ र सेरोटाइप–३ देखिएका छन्। उनले तीमध्ये सेरोटाइप–१ केहीमा र  सेरोटाइप–३ पनि देखिएको बताए। 

साझा पोष्ट
शुक्रबार, साउन १९ २०८०
  • images
    images
    नेपालमा डेंगी संक्रमणका चारै सेरोटाइप सक्रिय, एकपछि अर्को लागे खतरा

    काठमाडौं । नेपालमा डेंगी भाइरसको सङ्क्रमण सेरोटाइप–२ स्वरुप बढी सक्रिय रहेको पाइएको छ।  इपिडिमियोलोजी तथा सरुवा रोग नियन्त्रण महाशाखाले गरेको अध्ययनमा यसपटक सेरोटाइप–२ स्वरुप बढी देखिएको हो। 


    images

    महाशाखाका किटजन्य रोग नियन्त्रण शाखाका प्रमुख डा गोकर्ण दाहालले सेरोटाइप–२ स्वरुपको डेंगी ४१ प्रतिशत देखिएको जानकारी दिए। महाशाखाले राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला र धरानको बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका ५८ नमुना परीक्षण गरेको थियो। परीक्षणमा सेरोटाइप–१, सेरोटाइप–२ र सेरोटाइप–३ देखिएका छन्। उनले तीमध्ये सेरोटाइप–१ केहीमा र  सेरोटाइप–३ पनि देखिएको बताए। 

    सन् २०२२ मा भने सेरोटाइप–१ र सेरोटाइप–३ बढी देखिएको र सन् २०१९ मा गरिएको नमुना परीक्षणमा सेरोटाइप–१ र सेरोटाइप–२ देखिएको महाशाखाले जनाएको छ। एउटा सेरोटाइप देखिएपछि अर्को सेरोटाइप पुनः मानिसलाई भएपछि अलि खतरनाक हुने उनको भनाइ छ।

    अहिलेसम्म नेपालमा डेंगी सङ्क्रमणका चारवटै स्वरुपका सेरोटाइप देखिएका छन्। एउटा स्वरुपको सेरोपाइप मानिसमा देखिएपछि फेरि पनि त्यही  नलाग्ने हुन्छ। ‘चारैवटै सेरोटाइप भिन्न भन्ने हुँदैनन्।  जुन सेरोटाइप लाग्छ, त्यसले रोगविरुद्धमा लड्ने क्षमता विकास गर्दछ’, उनले भने, ‘तर एउटा सेरोटाइप लागेर अर्को सेरोटाइपको सङ्क्रमण भएपछि त्यसका लक्षण बढी खतरनाक हुन्छन्।’

    डेंगी सङ्क्रमण दुईपटक लागेपछि बढी सङ्क्रामक हुन्छ। ‘पहिलोपटक सेरोटाइप–१ डेंगीको स्वरूप देखिएको छ भने अर्कोपटक सङ्क्रमण हुँदा सेरोटाइप–२ वा सेरोपाइप–३ देखिन्छ’, उनले भने, ‘यसरी पुनः डेंगी देखियो भने बिरामीलाई बढी जटिल बनाउने गर्दछ।’ डेंगी भाइरसको प्रोटिनको संरचनाका आधारमा सेरोटाइप छुट्याउने गरिन्छ।

    शाखा प्रमुख डा दाहालले पहिलोपटक लागेको सेरोटाइपले  शरीरमा रोगसँग लड्ने क्षमता विकास गर्ने बताए। महाशाखाका अनुसार पुसयता मात्र ५ हजार ६ सय ८८ जनामा सङ्क्रमण देखिएको छ। सबभन्दा बढी सुनसरी जिल्लामा तीन हजार चार सय ८६ जनामा देखिएको छ।

    लगातार परिरहेको पानीले गर्दा र सरसफाइमा ध्यान नदिँदा सङ्क्रमण दैनिक बढिरहेको महाशाखाले जनाएको छ। डेंगी पानी जम्ने सफा ठाउँमा ‘एडिज एजिप्टी र एडिस एल्बोपिक्टस’ प्रजातिको लामखुट्टेले फुल पार्दछ र ती फुल लार्भा निस्कन्छ र त्यही लार्भा वयस्क भएर टोकेपछि लाग्ने गर्दछ। 

    नेपालमा पहिलोपटक सन् २००४ मा एक जनामा डेंगी देखिएको थियो। मन्त्रालयले लामखुट्टेबाट बच्नका लागि सधैँ झुल टाँगेर मात्र सुत्न, खेतबारीमा  काम गर्दा लामो बाहुला भएको लुगा लगाउन, घरको झ्यालढोकामा जाली हाल्न अनुरोध गरेको छ। -रासस

    प्रतिक्रिया
    साताको लोकप्रिय
    थप समाचार