२०८३, साउन ३० गते

शनिबार, साउन ३० गते २०८३

शनिबार, साउन ३० गते २०८३

डेंगुका कारण ७ जनाको मृत्यु , ७ हजार ७ सय ३३ मा संक्रमण

डेंगुका कारण ७ जनाको मृत्यु , ७ हजार ७ सय ३३ मा संक्रमण

साझा पोष्ट
सोमबार, साउन २२ २०८०
  • images
    images
    डेंगुका कारण ७ जनाको मृत्यु , ७ हजार ७ सय ३३ मा संक्रमण

    काठमाडौं । नेपालमा ७ हजार ७ सय ३३ जनामा डेंगु संक्रमण हुँदा ७ जनाको मृत्यु भएको स्वास्थ्य सेवा विभागले जनाएको छ ।


    images

    हालसम्म ७ हजार ७ सय ३३ जना संक्रमित भएको स्वास्थ्य सेवाविभाग इपीडिमीयोलोजि तथा रोग नियन्त्रण महाशाखाका निर्देशक डा.रुद्र मरासीनीले जानकारी दिए । सोमबार काठमाडौंमा भएको कार्यक्रममा बोल्दै डा.मरासीनीले सबैभन्दा धेरै सुनसरीमा संक्रमितसंख्या रहेको बताए ।  ‘सुनसरीको पनि खास गरी धरान उपमहानगरपालिकामा संक्रमित धेरै छन् । जुलाईमा धेरै केस देखिन्छ । यस्तै सात जनाको मृत्यु भएको छ ।’ उनले भने । यो शनिवारसम्मको डाटा हो । 

    ‘यस वर्ष हामी सचेत हुनुपर्ने कारण केछ भने जनवरी १ देखि अगष्ट ६ सम्म ७ हजार ७ सय ३३ केस रिपोर्ट भइसक्या छ ।’ उनले भने ।

    उनले ७१ जिल्लामा डेंगु संक्रमण देखिएको बताए । डा.मरासीनिले सबै जिल्लामा डेंगु सार्ने लामखुट्टे रहेको र जतिबेला पनि डेंगु सर्न सक्ने बताए । हालसम्म ७ जनाको मृत्यु भएको पनि डा.मरासिनीले जानकारी दिए ।

    उनले भने, ‘अहिले देशैभर डेंगु संक्रमण देखिएको छ । डेंगु सार्ने लामखुट्टे सबै जिल्लामा छ र यसले जतिबेला पनि डेंगु सर्न सक्छ। त्यसकारण सतर्क रहौं र लामखुट्टेको लार्भा नष्ट अभियानमाजुटौं ।’स्वास्थ्य सेवा विभाग स्वास्थ्य मन्त्रालयका सचिव डा।रोशन पोखरेलले डेंगु संक्रमितको उपचार नेपाल सरकारका सबै अस्पतालमा नि:शुल्क हुने गरेको बताए ।

    डा. पोखरेलले डेंगु रोकथाम र नियन्त्रणका लागि लार्भा खोज र नष्ट गर अभियानलाई प्रभावकारी बनाउनुपर्नेमा जोड दिए ।प्राइभेट अस्पतालहरुसँग पनि समन्वय गरेर टेष्टमा एक रुपता ल्याउने कोशिसमा छौं । कँही पाँच सयपचास रुपैंया कहिँ नौ सय रुपैंया पनि छ । नेपाल सरकारका केही अस्पतालमा डेंगु लागेको शंका लागेमा गर्नु पर्ने टेष्ट केही निशुल्क पनि गरिरहेका छौं ।’ शुक्रराज ट्रपीकल तथा सरुवा रोग अस्पतालका प्रमुख कन्सल्टेन्ट डा.बिमल शर्मा चालीसेले डेंगु नियन्त्रणका लागि जनचेतना आवश्यक रहेको बताए ।

    उनले भने, ‘डेंगुका चार वटा सेरोटाइप मध्ये कुनै एउटा सेरोटाइपले इन्फेक्सन गर्‍यो भने कमसेकम पनि १८ महिनादेखि २ वर्षसम्म अर्को सेरोटाइपले इन्फेक्सन गर्दैन । तर हामी पनि सचेत र सजक हुनु जरूरी  छ। ‘उनले डेंगुबाट बच्न लार्भा खोजर नष्ठ गर अभियानलाई प्रभावकारी बनाउनुपर्ने बताए । लामखुट्टे बस्ने बासस्थान खोज्ने र त्यसको नष्ट गर्नुपर्नेमा उनको जोड थियो ।नेपालमा डेंगुको पहिलो केस विसं २०६१ सालमा देखिएको थियो । गत वर्ष करिब ५४ हजार सात सय ८४ केसहरु  देखिएकोमा ८८जनाको मृत्यु भएको थियो । 

    प्रतिक्रिया
    साताको लोकप्रिय
    थप समाचार