२०८३, साउन ३० गते

शनिबार, साउन ३० गते २०८३

शनिबार, साउन ३० गते २०८३

आन्दोलनरत चिकित्सकसँग वार्ता गर्न सरकारले बनायो समिति 

आन्दोलनरत चिकित्सकसँग वार्ता गर्न सरकारले बनायो समिति 

साझा पोष्ट
आइतबार, भदौ ३१ २०८०
  • images
    images
    आन्दोलनरत चिकित्सकसँग वार्ता गर्न सरकारले बनायो समिति 

    काठमाडौं । आकस्मिकबाहेकका सबै सेवा बन्द गरेर चिकित्सकहरु आन्दोलनमा उत्रेपछि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले वार्ता समिति बनाएको छ ।  


    images

    नेपाल चिकित्सक संघले उठाएका माग र घोषणा गरेको आन्दोलनलाई सम्बोधन गर्न संघसँग वार्ता गर्न स्वास्थ्यमन्त्री स्तरीय निर्णय गर्दै मन्त्रालयले अतिरिक्त स्वास्थ्य सचिव डा. विकास देवकोटाको संयोजकत्वमा समिति बनाएर वार्ताका लागि आह्वान गरेको छ ।

    समिति प्रधानमन्त्री तथा मन्त्रिपरिषद्‌को कार्यालय, गृह मन्त्रालय, कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालय र स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सहसचिव रहने गरी पाँच सदस्यीय छ ।  हेटौँडास्थित सन्चो अस्पतालमा दुई जना डाक्टरहरू कुटिएको विषयमा प्रशासनले देखाएको रवैयाको विरोध गर्दै संघले आन्दोलनका कार्यक्रम अगाडि सारेको थियो ।

     यसै क्रममा आइतबार देशभरका आकस्मिक बाहेकका सबै स्वास्थ्य सेवा ठप्प पारिएको छ ।मन्त्रालयले जारी गरेको प्रेस विज्ञप्तिका अनुसार संघका प्रतिनिधिसँग आजै वार्ता गरिनेछ । यस विवादको समाधान वार्ताबाट गर्न मन्त्रालय तत्पर रहेको पनि विज्ञप्तिमा उल्लेख छ । 

     चिकित्सक संघले विभिन्न ६ बुँदे माग अगाडि सार्दै आन्दोलनको कार्यक्रम घोषणा गरेको हो । सन्चो अस्पतालमा घटेको घटनामा संलग्न चार जनालाई प्रहरीले पक्राउ गरिसकेको छ ।

    प्रतिक्रिया
    साताको लोकप्रिय
    थप समाचार