२०८३, साउन ३० गते

शनिबार, साउन ३० गते २०८३

शनिबार, साउन ३० गते २०८३

सरकारले १०३ प्रकारका औषधि उत्पादन र बिक्रीमा रोक लगायो ? (सूचिसहित)

सरकारले १०३ प्रकारका औषधि उत्पादन र बिक्रीमा रोक लगायो ? (सूचिसहित)

साझा पोष्ट
सोमबार, असोज १ २०८०
  • images
    images
    सरकारले १०३ प्रकारका औषधि उत्पादन र बिक्रीमा रोक लगायो ? (सूचिसहित)

    काठमाडौं । औषधि व्यवस्था विभागले  नेपालमा १०३ प्रकारका औषधि उत्पादन तथा बिक्रि वितरणमा रोक लगाएको छ। औषधि व्यवस्था विभागले विश्व स्वास्थ्य संगठनद्वारा सिफारिस नगरिएका १०३ प्रकारका एन्टिबायोटिक औषधि र तिनका समिश्रण उत्पादन तथा आयातमा रोक लगाएको हो।


    images

      नेपाली उद्योगले अब ती औषधिहरू उत्पादन गर्न तथा समिश्रणका लागि कच्चा पदार्थ आयात गर्नसमेत पाउने छैनन्। १०३ प्रकारका औषधि दर्ता अनुमति नदिने तथा उत्पादन बिक्री वितरणका लागि लाइसेन्ससमेत नदिने विभागले निर्णय गरेको छ । 

      अहिले बजारमा रहेका त्यस्ता औषधि बिक्री भइरहेको भए ६ महिनाभित्र सक्नुपर्ने र ६ महिनापछि बजारबाट सम्पूर्ण औषधि फिर्ता गर्न पनि विभागले निर्देशन दिएको छ।औषधी व्यवस्था विभागका महानिर्देशक नारायणप्रसाद ढकालले प्रतिजैविक प्रतिरोध औषधीको प्रयोगलाई न्यूनिकरण गर्न र रोकथाम तथा नियन्त्रण गर्नका लागि प्रयोगमा नल्याउन निर्देशन दिएको बताए।

       विश्व स्वास्थ्य सङ्गठन (डब्लुएचओ) ले पनि ती औषधीको प्रयोगका लागि सिफारिस गरेको छैन। उनले ती प्रतिजैविक औषधीको प्रयोग गर्न औचित्य नभएको समेत बताए। 'डलब्चुएचओले प्रयोगमा नल्याउने भनेर एक सय तीन  प्रकारका प्रतिजैविक औषधीको सूची प्रकाशन गरेको छ,'उनले भने, “ती औषधी न दर्ता गर्छौ न प्रयोगका लागि अनुमति नै दिन्छौ।” उनका अनुसार एक सय तीनमध्ये १३ प्रकारका प्रतिजैविक प्रतिरोध औषधी भने दर्ता गरिएका छन्। 

       एन्टीबायोटिक प्रतिरोधका कारण बढ्दै गएको संक्रमण हुने दर, मृत्यु दर र आर्थिक असरलाई पनि प्रभावकारी रुपले कम गर्न राष्ट्रिय कार्ययोजना तयार पारी स्वीकृतको अन्तिम चरणमा रहेको पनि उनले बताए ।

       महानिर्देशक ढकालले एन्टीबायोटिक प्रतिरोधलाई न्यूनिकरण गर्न, तथ्यमा आधारित उपचार प्रणाली र समुचित प्रयोगलाई बढावा दिने उद्देश्य हासिल गर्न औषधि सल्लाहकार समितिको सफारिसमा ती औषधिको दर्ता, नवीकरण र पैठारी र प्रयोग नगर्नरनगराउन निर्देशन दिएको बताए । उनका अनुसार यसअघि पैठारी तथा उत्पादनका लागि अनुमति दिएका औषधिको समिश्रणलाई बजारबाट ६ महिना भित्रमा हटाइसक्नुपर्ने छ । यस्तै विभागले अब त्यस्ता औषधिको पनि आपूर्ति र उत्पादन गर्न अनुमति नविकरण गर्ने छैन ।

    medicine_1.jpg
    medicne_2.jpg
    medicine_3.jpg
    medicne_4.jpg

     

    प्रतिक्रिया
    साताको लोकप्रिय
    थप समाचार