२०८३, साउन ३० गते

शनिबार, साउन ३० गते २०८३

शनिबार, साउन ३० गते २०८३

पाटन अस्पतालमा आकस्मिकबाहेक सबै सेवा ठप्प

पाटन अस्पतालमा आकस्मिकबाहेक सबै सेवा ठप्प

साझा पोष्ट
मंगलबार, कात्तिक २१ २०८०
  • images
    images
    पाटन अस्पतालमा आकस्मिकबाहेक सबै सेवा  ठप्प

    काठमाडौं ।  काठमाडौं । पाटन अस्पतामा चिकित्सक तथा स्वास्थ्यकर्मीहरूले आकस्मिकबाहेकको सेवा ठप्प पारेका छन् ।


    images

    गलत औषधिका कारण बिरामीको मृत्यु भएको भन्दै आक्रोशित आफन्तले हातपात गरेपछि आन्दोलित आवासीय चिकित्सकले अस्पतालको सेवा ठप्प पारेका हुन् ।

    गत शनिबार पाटन अस्पतालमा उपचाररत दुई बिरामीको सुईको माध्यमबाट एन्टिबायोटिक औषधि दिएको पाँच मिनेटमै मृत्यु भएपछि मृतकका आफन्तले उपारमा संलग्न चिकित्सक र स्वास्थ्यकर्मीमाथि हातपात गरेका थिए।


    सोही घटनाको विरोधमा पाटन अस्पतालका चिकित्सक र स्वास्थ्कर्मी आन्दोलित भएका हुन्। 

    अस्पतालमा कार्यरत सम्पूर्ण चिकित्क तथा स्वाथ्यकर्मीको तर्फबाट सोमबार जारी विज्ञप्तिमा कार्यस्थलमा काम गर्ने वातारण सुरक्षित नभएसम्म र दोषीलाई पकाउ गरेर कारबाही नभएसम्म आकस्मिक बाहेकका सबै उपचार सेवा बन्द गर्ने उल्लेख छ। 

    चिकित्सक र स्वास्थ्यकर्मीले उपचारमा संलग्न डाक्टर र नर्सलाई कुटपिट, गालीगलौज, दुव्र्यवहार र ज्यान मार्ने धम्की दिँदै बन्धक बनाइ स्वास्थ्य सेवा प्रवाहमा दखल पुर्याएको र प्रशासनले दोषीलाई पक्राउ गरेर कारबाही नगरेको आरोप लगाएका छन्।

    patan.jpg

    प्रतिक्रिया
    साताको लोकप्रिय
    थप समाचार