२०८३, साउन ३० गते

शनिबार, साउन ३० गते २०८३

शनिबार, साउन ३० गते २०८३

बागमतीका १० अस्पताल स्तरोन्नति गर्ने मन्त्रिपरिषदको निर्णय

बागमतीका १० अस्पताल स्तरोन्नति गर्ने मन्त्रिपरिषदको निर्णय

साझा पोष्ट
बुधबार, पुस ४ २०८०
  • images
    images
    बागमतीका १० अस्पताल स्तरोन्नति गर्ने मन्त्रिपरिषदको निर्णय

    काठमाडौं । बागमती प्रदेश सरकारले १० वटा अस्पतालको स्तरोन्नति गर्ने निर्णय गरेको छ । साथै स्वास्थ्य मन्त्रालयमा प्राविधिकसहित १ हजार ६६९ जना कर्मचारीको संगठन संरचना स्वीकृत पनि गरेको छ ।


    images

    प्रदेश स्वास्थ्य मन्त्रालयको १ हजार ६६९ जना (प्राविधिक सहित) कर्मचारीहरूको संगठन संरचना स्विकृत गर्दै हाल सञ्चालनमा रहेका १० प्रदेश अस्पतालहरूको स्तरोन्ती गर्ने निर्णय गरेको मुख्यमन्त्री जमकट्टेलले जानकारी दिए ।

    मुख्यमन्त्री शालिकराम जम्मकट्टेलका अनुसार पुस ३ गते बसेको मन्त्रिपरिषद बैठकले हेटौंडा अस्पताल मकवानपुर र भक्तपुर अस्पताल भक्तपुरलाई ३०० बेडमा स्तरोन्नती गर्ने निर्णय गरेको छ ।

    यसैगरी धादिङ अस्पताल धादिङबेसी, त्रिशूली अस्पताल नुवाकोट, सिन्धुली अस्पताल सिन्धुली र बकुलहर अस्पताल चितवन १०० बेडमा स्तरोन्नति गरिनेछ ।सिन्धुपाल्चोक अस्पताल, रामेछाप अस्पताल, दोलखाको पशुपति चौलागाईं अस्पताल र काभ्रेको मेथिनकोट अस्पताल ५०-५० बेडमा स्तरोन्नति हुने छन् ।

    बागमती प्रदेश सरकार मन्त्रिपरिषद्को पुस ३ गतेकै बैठकले मकवानपुर बहुमुखी क्याम्पस हेटौंडालाई बागमती प्रदेश सार्वजनिक विश्वविद्यालय बनाउने निर्णयसमेत गरेको मुख्यमन्त्री जमकट्टेलले जानकारी दिएका छन् ।

    प्रतिक्रिया
    साताको लोकप्रिय
    थप समाचार