२०८३, साउन ३० गते

शनिबार, साउन ३० गते २०८३

शनिबार, साउन ३० गते २०८३

स्वास्थ्यमन्त्रीनै भन्छन् - ५ वर्षपछि नेपालमा डाक्टर र नर्स पाउने अवस्था छैन

स्वास्थ्यमन्त्रीनै भन्छन् - ५ वर्षपछि नेपालमा डाक्टर र नर्स पाउने अवस्था छैन

साझा पोष्ट
सोमबार, माघ १५ २०८०
  • images
    images
    स्वास्थ्यमन्त्रीनै भन्छन् - ५ वर्षपछि नेपालमा डाक्टर र नर्स पाउने अवस्था छैन

    काठमाडौं । स्वास्थ्य तथा जनसंख्यामन्त्री मोहनबहादुर बस्नेतले अबको पाँच वर्षमा नेपालमा चिकित्सक पाउन कठिन हुने बताएका छन्।


    images

    सोमबार सहिद गंगालाल राष्ट्रिय हृदय रोग केन्द्रको २८ औँ वार्षिकोत्सव समारोहलाई सम्बोधन गर्दै उनले आफूले हेर्दा ५ वर्षपछि नेपालमा डाक्टर र नर्स पाउने अवस्था नदेखेको बताए ।  उनले नेपालको शिक्षा नीतिमा केही कमी, कमजोरीहरु रहेको भन्दै त्यसलाई हटाएर अघि बढ्न आवश्यक रहेकोमा जोड दिए । जनसंख्या बढिरहेको सन्दर्भमा स्वास्थ्यकर्मीहरु पनि बढ्दै जान आवश्यक रहेको बस्नेतले बताए । 

    , ‘मैले सर्सर्ति हेर्दा अब ५ वर्षपछि नेपालमा डाक्टर र नर्स पाउने अवस्था छैन। यसमा हाम्रो शिक्षा नीतिका केही कमी, कमजोरीका कुरा पक्कै हुन्। त्यो कमी कमजोरीलाई हटाएर आगामी दिनहरुमा बिरामीको संख्या अब घट्ने होइन बढ्ने हो। जनसंख्या घट्ने होइन बढ्ने नै हो। त्यसकारण स्वास्थ्यकर्मीहरु बढ्न त जरुरी छ।’ उनले भने । 
    उनले देशमा कामै नपाउने अवस्था रहेको बताए। उनले दक्ष जनशक्ति नहुने र आधारभूत स्वास्थ्य सेवा उपलब्ध गराउने कुरामा धेरै अफ्ठ्यारो भइरहेको बताए।

    मन्त्री बस्नेतले आगामी दिनमा मासिक २० लाखसम्म पारिश्रमिक पाउने जनशक्ति बनाएर विदेश पठाउने बताए।

    प्रतिक्रिया
    साताको लोकप्रिय
    थप समाचार