२०८३, साउन ३० गते

शनिबार, साउन ३० गते २०८३

शनिबार, साउन ३० गते २०८३

गण्डकी मुख्यमन्त्री पाण्डेले मागे विश्वासको मत

गण्डकी मुख्यमन्त्री पाण्डेले मागे विश्वासको मत

सोमबार, जेठ २८ २०८१
  • images
    images
    गण्डकी मुख्यमन्त्री पाण्डेले मागे विश्वासको मत

    काठमाडौं । गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले विश्वास मत मागेका छन्।


    images

    सोमबार अपराह्न बसेको प्रदेश सभा बैठकमा मुख्यमन्त्री पाण्डेले विश्वास मतसम्बन्धी प्रस्ताव राखेका हुन्।

    ६० सदस्यीय गण्डकी प्रदेश सभामा बहुमतका  लागि ३१ सांसदको साथ चाहिन्छ।

    मुख्यमन्त्री पाण्डेले संविधानको धारा १६८ को उपधारा ४  र प्रदेश सभा नियमावली २०८० को नियम १५० बमोजिम विश्वास मत प्रस्ताव राखेका छन्।

    मुख्यमन्त्रीले राखेको विश्वास मतमाथि अहिले छलफल भइरहेको छ। प्रदेश सभामा नेपाली कांग्रेसका २७ जना सांसद छन्। 

    मुख्यमन्त्री पाण्डेलाई बहुमत प्राप्त गर्न कांग्रेसबाहेक थप चार जना सांसदको साथ चाहिन्छ।

     

    प्रतिक्रिया
    साताको लोकप्रिय
    थप समाचार