२०८३, साउन ३० गते

शनिबार, साउन ३० गते २०८३

शनिबार, साउन ३० गते २०८३

औषधि उद्योग सुधारका लागि बन्यो उच्चस्तरीय अनुगमन समिति

औषधि उद्योग सुधारका लागि बन्यो उच्चस्तरीय अनुगमन समिति

बुधबार, असार १२ २०८१
  • images
    images
    औषधि उद्योग सुधारका लागि बन्यो उच्चस्तरीय अनुगमन समिति

    काठमाडौं । स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री प्रदीप यादवले औषधि उद्योग सुधारका लागि उच्चस्तरीय अनुगमन समिति गठन गरेका छन् ।


    images

    नेपाली औषधि उद्योग, औषधि थोक बिक्रेता तथा फार्मेसीको गुणस्तर र सञ्चालनमा देखिएका समस्यालाई सम्बोधन गर्न समिति गठन गरिएको हो ।
    मन्त्री यादवले मन्त्रालयले औषधि ऐन, २०३५ एवं अन्य प्रचलित कानूनको पालना भए/नभएको सुनिश्चित गर्न समिति गठन गरेका हुन् ।

    समितिको मुख्य उद्देश्य वीरगञ्ज र इटहरीमा रहेका औषधि उद्योग, थोक बिक्रेता र फार्मेसीको स्थलगत निरीक्षण गरी उत्पादन, बिक्री वितरण, निकासी पैठारी र सञ्चय प्रक्रियामा रहेका समस्याको पहिचान गर्नु रहेको छ ।

    समितिले औषधि उत्पादनमा गुणस्तर मापदण्डको पालना, औषधिको प्रभावकारिता र सुरक्षाको निरीक्षण गर्नेछ । औषधि थोक बिक्रेताले तय गरिएको गुणस्तरको औषधि बिक्री वितरण गरे/नगरेको विषयलाई समेत समितिले जाँच गर्ने छ ।​​​​

    मन्त्रीस्तरीय निर्णयबाट गठित समितिको संयोजकमा मन्त्रालयका अतिरिक्त स्वास्थ्य सचिव डा. विकास देवकोटा रहेका छन् ।

    समितिको सदस्य सचिवमा मन्त्रालयका वरिष्ठ स्वास्थ्य प्रशासक डा. गुणनिधि शर्मा छन् ।

    प्रतिक्रिया
    साताको लोकप्रिय
    थप समाचार