२०८३, साउन ३० गते

शनिबार, साउन ३० गते २०८३

शनिबार, साउन ३० गते २०८३

भरतपुर अस्पतालमा एमआरआई सुविधा, दैनिक २५ जनासम्मलाई सेवा

भरतपुर अस्पतालमा एमआरआई सुविधा, दैनिक २५ जनासम्मलाई सेवा

साझा पोष्ट
बिहीबार , असार २७ २०८१
  • images
    images
    भरतपुर अस्पतालमा एमआरआई सुविधा, दैनिक २५ जनासम्मलाई सेवा

    चितवन । भरतपुर अस्पतालमा ‘एमआरआई’ सेवा सञ्चालनमा आउने भएको छ । अस्पतालका मेडिकल सुपरिटेण्डेण्ट प्रा डा कृष्णप्रसाद पौडेलका अनुसार बुधबार प्राविधिक परीक्षण गरेर सफलता मिलेपछि आजदेखि ‘थ्री टेस्ला एमआरआई ६४ सलाइस’ को उकरण सञ्चालनमा ल्याउन लागिएको हो ।  डा पौडेलका अनुसार सङ्घीय सरकारले उपलब्ध गराएको २५ करोड र अस्पताल विकास समितिकोपाँच करोड गरी ३० करोडमा मेसिन खरिद गरिएको हो ।


    images

    स्वास्थ्य बीमाले तय गरेको नौ हजारदेखि १४ हजार शुल्कमा उपकरणबाट स्वास्थ्य परीक्षण हुने उनले जानकारी दिए । दैनिक २५ जनासम्मलाई सेवा दिन सकिने जनाइएको छ । अस्पतालमा दुर्घटनालगायतका बिरामीको एमआरआई गर्नुपरेमा विपी कोइराला मेमोरियल क्यान्सर अस्पताल लगायत अन्यत्र जानुपर्ने बाध्यता थियो । अस्पतालमा आउने बिरामी मध्ये दुर्घटनाका धेरै हुने बताइएको छ । अस्पतालमा सिटीस्क्यान, भिडियो एक्सरेलगायतका उपकरण यसअघि नै सञ्चालित छ । अस्पतालमा ‘क्याथल्याब’ सञ्चालन गर्ने तयारी गरिएको छ ।-रासस

    प्रतिक्रिया
    साताको लोकप्रिय
    थप समाचार