२०८३, साउन ३० गते

शनिबार, साउन ३० गते २०८३

शनिबार, साउन ३० गते २०८३

प्रतिपक्षी दलहरूको बैठकमा रवि लामिछाने पक्राउ पर्ने चर्चापछि रास्वपामा खैलाबैला

प्रतिपक्षी दलहरूको बैठकमा रवि लामिछाने पक्राउ पर्ने चर्चापछि रास्वपामा खैलाबैला

शुक्रबार, कात्तिक २ २०८१
  • images
    images
    प्रतिपक्षी दलहरूको बैठकमा रवि लामिछाने पक्राउ पर्ने चर्चापछि रास्वपामा खैलाबैला

    काठमाडौं । प्रमुख प्रतिपक्षी नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड' को आह्वानमा शुक्रबार प्रतिपक्षी दलहरूको बैठक बस्यो । प्रतिपक्षी दलहरूको बैठकमा बैठकमा सरकारमा रहेका लोसपा र नागरिक उन्मुक्ति पार्टीका अध्यक्ष सहभागी रहे। लोसपाबाट एक मन्त्री र नाउपाबाट एक राज्यमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारमा छन् ।


    images

    प्रतिपक्षी दल नेतासमेत रहेका अध्यक्ष प्रचण्डले नयाँ बानेश्वरमा राखेको बैठकमा समसामयिक राजनीतिक घटनाक्रम, बाढीपहिरोपछिका अवस्था, सरकारका कामकारबाहीलगायत विषयका साथै रास्वपा सभापति रवि लामिछानेबारे पनि कुराकानी भयो । बैठकमा माओवादी, रास्वपा, राप्रपा, एकीकृत समाजवादी, लोसपा, नाउपा, आजपाका शीर्ष नेता पनि सहभागी थिए । 

    बैठकमा अध्यक्ष प्रचण्डले रास्वपा सभापति लामिछाने पक्राउ पर्न सक्ने बताएका थिए । समसामयिक राजनीतिक घटनाक्रमहरूबारे जानकारी गराउने क्रममा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले रास्वपा सभापति लामिछाने पक्राउबारे भइरहेको चर्चाको ब्रिफिङ गरेका थिए ।

    ‘अहिले रविजीको पक्राउ पर्दै हुनुहुन्छ रे भनेर चर्चा भइरहेको छ। मिडियामा पनि बाहिर पनि कुरा सुनिन्छ,’ अध्यक्ष प्रचण्डको भनाइ उधृत गर्दै नेकपा माओवादी केन्द्रका उपमहासचिव शक्ति बस्नेतले भने, ‘राज्यले उहाँलाई पक्रिन सक्छ।’उनका अनुसार बैठकमा सहभागी सबैले राजनीतिक पूर्वाग्रह साँधेर कसैलाई पनि पक्राउ गर्न नहुने धारणा राखेका थिए।

    रास्वपामा खैलावैला !
    रवि पक्राउ पर्ने चर्चा चलेसँगै राष्ट्रिय स्वतन्त्र पार्टीको प्रदेश समितिले आकस्मिक बैठक डाकेका छन् । पार्टी सभापतिलाई प्रहरीले पक्रनसक्ने अवस्था रहेको जनाउँदै प्रदेश सभापतिहरुले बैठक बोलाएका हुन् । मधेसका महामन्त्री मनिषकुमार साहले मातहतको पार्टी संरचनामा बैठकका लागि सर्कुलर जारी गरेका छन् । सत्ता पक्षले गैरराजनीतिक कदम उठाउन सक्ने सम्भावना रहेकाले तयार रहन उनले पार्टी समर्थकलाई सर्कुलर गरेका छन् । झाले जुम मिटिङ बोलाएका छन् । ‘सबै जिल्ला, पालिका, वार्डको जिम्मेवारी रहेका नेतृत्वहरु तयारी अवस्थामा बसौं,’ झाले प्रदेश मातहतका कार्यकर्तालाई लेखिएको मेसेजमा भनिएको छ ।

    सभापति पक्राउ परेपछि आइपर्ने जस्तासुकै चुनौतीलाइ सामना गर्न आन्तरिक रुपमा तत्कालीन रणनीति तयार गर्नुपर्ने भएकाले आवश्यकका लागि जुम मिटिङ बोलाएको साहले मेसेजमा लेखेका छन् । साँझ ५ बजे बोलाइएको मिटिङमा प्रदेश समिति, जिल्ला संयोजक, उप संयोजक, पालिका समिति, निर्वाचन क्षेत्र समिति, प्रदेश विभागका सदस्यहरुलाई आमन्त्रण गरिएको छ ।

    लुम्बिनीका महामन्त्री नीलराज अधिकारीले पनि प्रदेश समितिको आकस्मिक बैठक बोलाएका छन् । कुनै पनि बेला सभापति रवि लामिछानेलाई सरकारले पक्रन सक्ने कार्यकर्तालाई मेसेज गरेका छन् । पुराना राजनीतिक दलका मुठ्ठीभर दलालहरुले आफ्नो राजनीतिक रोटी सेक्न गैरराजनीतिक कदम उठाउन सक्ने सम्भावना रहेको जनाउँदै प्रदेश महामन्त्री अधिकारीले तयारी अवस्थामा रहन मातहतको संरचनामा सर्कुलर जारी गरेका छन् ।

    ‘सबै जिल्लाका तत् तत् जिम्मेवारीका नेतृत्वहरु तयारी अवस्थामा बसौं र आइपर्ने जस्तासुकै चुनौतीलाइ सामना गर्न आन्तरिक रुपमा तत्कालीन रणनीति तयार गर्नपर्ने भएकाले आवश्यक तयारी अवस्थामा रहन सूचित गरिन्छ,’ अधिकारीको सकुर्लरमा भनिएको छ । अधिकारीले शुक्रबार राति ८:३० बजे जुम मिटिङ बोलाएका छन् ।

    पार्टी केन्द्रीय सदस्य ज्वाला संग्रौलाले केन्द्रीय कार्यालयमा भेला हुन कार्यकर्तालाई आग्रह गरेकी छन् । सामाजिक सञ्जालमा संग्रौला लेख्छिन्,‘काठमाडौ हुने रास्वपाका मित्रहरु चाँडोभन्दा चाँडो केन्द्रीय कार्यालयमा भेला भैदिनु होला । साथै ७७ जिल्लाबाटै रास्वपा टीम तयारी अवस्थामा बस्नु होला ।’

    काभ्रेका रास्वपा सभापति प्रविन कुमार ढकालले पनि केन्द्रीय कार्यालयमा भेला हुन नेता कार्यकर्तालाई आग्रह गरेका छन् । उनले पार्टी शुभेच्छुकलाई भनेका छन्,‘मिडिया ट्रायल गरेर पार्टी सभापति माथि प्रतिशोध साँध्न खोजेको स्पष्ट देखिन्छ ।’ 

    सहकारी संस्थाको बचत अपचलनमा रास्वपाका सभापतिसमेत रहेका गोर्खा मिडिया प्रालिका तत्कालीन प्रबन्ध निर्देशक रवि लामिछानेको संलग्नता देखिएको भन्दै संसदीय छानबिन समितिले कारबाहीका लागि सिफारिस गरेको थियो ।

    प्रतिक्रिया
    साताको लोकप्रिय
    थप समाचार