२०८३, साउन ३० गते

शनिबार, साउन ३० गते २०८३

शनिबार, साउन ३० गते २०८३

जटिल रोग लागेकालाई लुम्बिनी सरकारको दुई लाख सहयोग

जटिल रोग लागेकालाई लुम्बिनी सरकारको दुई लाख सहयोग

साझा पोष्ट
शुक्रबार, मंसिर ७ २०८१
  • images
    images
    जटिल रोग लागेकालाई लुम्बिनी सरकारको दुई लाख सहयोग

    लुम्बिनी ।  लुम्बिनी प्रदेशमा स्वास्थ्य उपचार विशेष आर्थिक सुविधा निर्देशिका २०७८ (पहिलो संशोधन २०८१)  कार्यान्वयनमा ल्याइएको छ । निर्देशिका अनुसार, जटिल रोग लागेका बिरामीले अब दुई लाख रुपैयाँ आर्थिक सहयोग पाउनेछन् ।


    images

    प्रदेशका १२ जिल्लाका स्वास्थ्य कार्यालयमार्फत मुटुको भल्व फेर्ने, क्यान्सर उपचार र मिर्गौला प्रत्यारोपण गर्ने बिरामीलाई दृष्टिगत गरी संशोधित निर्देशिका कार्यान्वयनमा ल्याइएको हो । मुख्यमन्त्री चेतनारायण आचार्यले एउटा सिफारिस बनाउनकै निम्ति स्वास्थ्य सेवा निर्देशनालय धाउनुपर्ने बाध्यताको अन्त्य गरिएको र यसबाट बिरामी र उनीहरूका परिवारका सदस्यलाई सहज भएको बताए ।


    यसअघि, प्रदेश स्वास्थ्य सेवा निर्देशनालयबाट उपचार सुविधाको सिफारिस हुँदै आएको थियो । अबदेखि सम्बन्धित जिल्लाको स्वास्थ्य कार्यालयबाट सिफारिस गर्ने व्यवस्था मिलाइएको प्रदेशका स्वास्थ्यमन्त्री खेमबहादुर सारुले  जानकारी दिए । 

    लुम्बिनी प्रदेश सरकारले मुटुको भल्ब फेर्न, क्यान्सरको उपचार र मिर्गौला प्रत्यारोपणका निम्ति एक बिरामीलाई दुई लाख रुपैयाँको व्यवस्था गरेको छ । रासस
     

    प्रतिक्रिया
    साताको लोकप्रिय
    थप समाचार