बुटवल,साउन २९ । रोल्पाको थबाङ गाउँपालिका–५ उवा कोटलबारामा बुधबार राति गएको पहिरोमा परेर मृत्यु भएका १० जनाको शव फेला परेको छ।
घटनास्थलमा ५ जना र बाढीले बगाएर लगेको अवस्थामा प्युठानमा ५ जनाको शव फेला परेको प्रहरीले जनाएको छ। पहिरोमा परेर ३ जना अझै बेपत्ता छन्। उनीहरूको खोजतलास चलिरहेको छ।
बुधबार राति कोटलबारा गाउँको सिरानबाट एक्कासि लेदोसहितको पहिरोले गाउँका ११ वटा घरगोठ पुरिँदा ठूलो मानवीय क्षति भएको हो।
घटनास्थलमा १८ वर्षीया शान्ति पुन मगर, ६० वर्षीय कमलबहादुर पुन मगर, ८० वर्षीया मनरखी पुन मगर, ७५ वर्षीय डलबहादुर पुन मगर, ८५ वर्षीया हस्तकला रोका मगरको शव फेला परेको हो।
त्यसैगरी रोल्पाको लुंग्री खोला र प्यूठानको माडी नदीका विभिन्न स्थानमा थप पाँच जनाको शव फेला परेको जिल्ला प्रहरी कार्यालय डोल्पाका सूचना अधिकारी प्रहरी निरीक्षक कृष्ण श्रेष्ठलेलाई जानकारी दिए।
प्युठानमा शव भेटिएकामा ३८ वर्षीया जुन कुमारी पुन मगर (विष्णु पुन), ५ वर्षीय बालक अशोक पुन मगर, ८० वर्षीय बल बहादुर पुन मगर, ६६ वर्षीया मनी पुन मगर र ३४ वर्षीय महेन्द्र घर्ती छन्।
दुईजना गम्भीर घाइतेको बुटवलमा उपचार भइरहेको छ।


