२०८३, साउन ३० गते

शनिबार, साउन ३० गते २०८३

शनिबार, साउन ३० गते २०८३

प्युठानको माडी खोला किनारमा ५ जनाको शव भेटियो

प्युठानको माडी खोला किनारमा ५ जनाको शव भेटियो

साझा पोष्ट
बिहीबार , साउन २८ २०८३
  • images
    images
    प्युठानको माडी खोला किनारमा ५ जनाको शव भेटियो

    बुटवल,साउन २८ ।  प्युठानको स्वर्गद्वारी नगरपालिका–९, जुडापाटास्थित माडी खोलाको किनारमा पाँच वटा शव भेटिएका छन् । 
    जिल्ला प्रहरी कार्यालय प्यूठानका प्रमुख डीएसपी नरहरि अधिकारीले माडी खोलामा पाँच वटा शव फेला परेको बताए । 
    ती शव रोल्पाको थबाङ गाउँपालिका–५, बोटलबारा क्षेत्रमा हिजो रातिको पहिरोले घर तथा गोठ पुरिँदा बेपत्ता भएकाहरूको हुनसक्ने अनुमान प्रहरीले गरेको छ ।


    images

     जिल्लामा मानिस हराएको वा पहिरो गएको घटना नभएकाले माथिल्लो क्षेत्र रोल्पाबाट बाढीले बगाएर शव प्यूठानसम्म ल्याएको हुनसक्ने प्रारम्भिक अनुमान गरिएको डीएसपी नरहरि अधिकारी बताए ।  उनका अनुसार फेला परेका शवकाे तस्बिर रोल्पा प्रहरीलाई पठाइएको छ ।

    रोल्पाको थबाङ गाउँपालिका ५ कोटलबारामा पहिरोले ११ वटा घर तथा गोठ पुरिँदा अहिलेसम्म ३ जनाको मृत्यु भएको भएको छ ।९ जना बेपत्ता र २ जना घाइते छन् । 

    प्रतिक्रिया
    साताको लोकप्रिय
    थप समाचार