२०८३, साउन ३० गते

शनिबार, साउन ३० गते २०८३

शनिबार, साउन ३० गते २०८३

फेरि देखियो मङ्कीपक्स, साउदीबाट आएका पुरुषमा सङ्क्रमण

फेरि देखियो मङ्कीपक्स, साउदीबाट आएका पुरुषमा सङ्क्रमण

साझा पोष्ट
शुक्रबार, पुस ५ २०८१
  • images
    images
    फेरि देखियो मङ्कीपक्स, साउदीबाट आएका पुरुषमा  सङ्क्रमण
     
    काठमाडौं । मुलुकमा पुनः मङ्कीपक्स सङ्क्रमण देखिएको छ । स्वास्थ्य तथा जनसङख्याका प्रवक्ता डा प्रकाश बुढाथोकीका अनुसार तनहुँका ३६ वर्षीय एक पुरुषमा सङ्क्रमण पुष्टि भएको हो । 
     
    “साउदी अरबबाट बिहीबार स्वदेश आएका निजको राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा परीक्षण गरिएको थियो”, उनले भने  “अहिले उनको अवस्था सामान्य छ ।” निजको शुक्रराज अस्पतालमा ‘आइसोलेसन’मा राखेर उपचार भइरहेको छ । मङ्कीपक्स सङ्क्रमण देखिएपछि सीमा नाका र त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा रहेका ‘हेल्थ डेक्स’लाई सतर्कता अपनाउन सरकारले निर्देशन दिएको प्रवक्ता बुढाथोकीले बताए । 
     
    दुई वर्षअगाडि पनि नेपाल आएका एकजना विदेशीमा मङ्कीपक्स सङ्क्रमणको देखिएको थियो । -रासस

    प्रतिक्रिया
    साताको लोकप्रिय
    थप समाचार