काठमाडौं । मंकिपक्स पुष्टि भएपछि सरकारले सतर्कता अपनाउन सचेत गराएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले विज्ञप्ति निकालेर आवश्यक सावधानी अपनाउन अपिल गरेको हो ।
संक्रमण पुष्टि भएका वा शंकास्पद व्यक्तिसँग असुरक्षित सम्पर्कमा नजान मन्त्रालयले सचेत गराएको छ । बिहीबार साउदीबाट फर्किएका तनहुँका एक युवालाई जाँच गर्दा शुक्रबार पंकीपक्स पोजेटिभ देखिएको थियो ।
मन्त्रालयले मंकीपक्ससँग मिल्दो लक्षण भेटिए अस्पताल गएर चिकित्सकको सल्ला लिन र मन्त्रालयको हेलो स्वास्थ्य कल सेन्टर १११५ मा सम्पर्क गरी परामर्श लिन भनेको छ ।
यसको निदानका लागि हरेक प्रदेशमा अस्पताल तोकसकेकोले त्यहाँ सम्पर्क गरी परामर्श लिन पनि मन्त्रालयले अपिल गरेको छ ।


