२०८३, साउन ३० गते

शनिबार, साउन ३० गते २०८३

शनिबार, साउन ३० गते २०८३

मङ्कीपक्स सङ्क्रमितको स्वास्थ्य सुधारोन्मुख

मङ्कीपक्स सङ्क्रमितको स्वास्थ्य सुधारोन्मुख

साझा पोष्ट
बिहीबार , पुस ११ २०८१
  • images
    images
    मङ्कीपक्स सङ्क्रमितको स्वास्थ्य सुधारोन्मुख

    काठमाडौं । मङ्किपक्स सङ्क्रमण भएका बिरामीको स्वास्थ्य अवस्था सुधारोन्मुख रहेको छ । शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा उपचाररत तनहुँका ३६ वर्षीय युवकको स्वास्थ्य सुधारोन्मुख रहेको अस्पतालका निर्देशक डा. युवानिधि बसौलाले जानकारी दिए ।


    images

    बसौलाले बिरामीको अवस्था सामान्य रहेको बताए । मङ्किपक्स सङ्क्रमण भएकालाई कम्तीमा तीन साता एक्लै राखेर उपचार गर्नुपर्ने भएकाले सोही अनुरुप गरिएको जानकारी निर्देशक बसौलाले दिए ।

    साउदी अरवबाट आएका ती युवकमा यही पुस ५ गते मङ्किपक्स सङ्क्रमण भएको पुष्टि भएको हो । सोही दिनदेखि निजको उक्त अस्पतालमा उपचार जारी छ । -रासस

    प्रतिक्रिया
    साताको लोकप्रिय
    थप समाचार