२०८३, साउन ३० गते

शनिबार, साउन ३० गते २०८३

शनिबार, साउन ३० गते २०८३

आँखा स्वास्थ्यका क्षेत्रमा रणनीति बनाउन नेपालमा आयोजना हुँदै ‘इन्साइट लाइभ’

आँखा स्वास्थ्यका क्षेत्रमा रणनीति बनाउन नेपालमा आयोजना हुँदै ‘इन्साइट लाइभ’

साझा पोष्ट
सोमबार, पुस १५ २०८१
  • images
    images
    आँखा स्वास्थ्यका क्षेत्रमा रणनीति बनाउन नेपालमा आयोजना हुँदै  ‘इन्साइट लाइभ’

    काठमाडौं ।  नेपालमा विश्वका आँखा सेवा प्रदायक संस्थाहरूको अन्तर्राष्ट्रिय सम्मेलन आयोजना हुने भएको छ । इन्टनेशनल एजेन्सी फर ‘द’ प्रिभेन्सन अफ ब्लाइन्डनेस(आइएपिबी)द्वारा आयोजना हुने ‘इन्साइट लाइभ, नेपाल’ नामक अन्तर्राष्ट्रिय सम्मेलन विसं २०८२ वैशाख १६ देखि १८ गतेसम्म काठमाडौँमा हुन लागेको हो ।


    images

    सम्मेलनमा विश्वभरका अन्धोपन निवारण तथा आँखा स्वास्थ्य क्षेत्रमा कार्यरत आइएपिबीका सदस्य संस्थाका प्रतिनिधि सहभागिता हुनेछन् । आँखा स्वास्थ्य क्षेत्रमा काम गर्ने अन्तर्राष्ट्रिय परोपकारी संस्था, आँखा अस्पताल, शैक्षिक संस्थान, व्यावसायिक संघ र कर्पोरेट संस्था मुख्यतया आइएपिबिका सदस्य रहन्छन् ।

    नेपालमा आइएपिबीका सदस्य संस्थामा नेपाल नेत्र ज्योति संघ नेपाल आँखा अस्पताल, तिलगंगा आँखा प्रतिष्ठान र बिपी आई फाउण्डेशन  छन् । विश्वभरिका आँखा स्वास्थ्य क्षेत्रमा काम गर्ने विभिन्न संघ संस्थाको छाता संगठनका रूपमा रहेको आईएपिबीले अन्तर्राष्ट्रियरुपमा आँखा स्वास्थ्यको क्षेत्रमा वकालत गर्दै आइरहेको छ । आँखा स्वास्थ्य क्षेत्रमा विश्वव्यापी रूपमा सहकार्यलाई प्रवद्र्धन गर्ने, नेतृत्वलाई प्रेरित गर्ने र वकालतलाई सशक्त बनाउने हेतुले हरेक वर्ष विभिन्न देशमा विभिन्न अन्तर्राष्ट्रिय सम्मेलनको आयोजना गर्ने गर्दछ ।

    सन् २०२४ को आईएपिबी सम्मेलन मेक्सिकोमा आयोजना गरिएको थियो । आईएपिबीको दक्षिण पूर्वी एसियाका प्रमुख युद्ध ध्वज सापकोटाका अनुसार नेपालमा आयोजना हुने सम्मेलनमा करिब एकसय राष्ट्रका ५०० जनाले सहभागिता जनाउनेछन् । नेपाल नेत्र ज्योति संघका कार्यकारी निर्देशक डा. शैलेशकुमार मिश्रका अनुसार उक्त सम्मेलनमा विशेषगरी सन् २०३० सम्ममा विश्वमा आँखा स्वास्थ्यका क्षेत्रका लागि आवश्यक रणनीति तथा योजनाका विषयमा छलफल हुनेछ ।
    संघका महासचिव भरतबहादुर चन्दले सम्मेलनले नेपालको आँखा उपचार सेवालाई विश्वव्यापीकरण गर्नुका साथै देशको पर्यटन विकासमासमेत महत्त्वपूर्ण टेवा पुर्याउने बताए । उनले भने, “करिब एकसय देशका पाँच सय जना विदेशी नागरिक नेपालमा आउने कुरा हामी सबैका लागि गर्वको विषय हो, यसले हाम्रो देशको आँखा उपचार सेवालाई विश्व समुदायसम्म पुर्याउन मद्दत गर्नुका साथै नेपालको पर्यटन विकासमासमेत महत्त्वपूर्ण हुनेछ । ”

    संघ अन्तर्गत हाल देशभरमा २८ आँखा अस्पताल, एक सय ६० आँखा उपचार केन्द्र तथा ४५ जिल्ला शाखा सञ्चालनमा छन् । स्थापनादेखि हालसम्म संघले नेपाली नागरिक तथा अन्य देशका गरी कूल चार करोड ३६ लाख २६ जना आँखाका बिरामीलाई उपचार गरिसकेको छ । ५१ लाख ३३ हजार छ सय ५९ जनाको आँखाको शल्यक्रिया गरिसकेको छ ।

    प्रतिक्रिया
    साताको लोकप्रिय
    थप समाचार