२०८३, साउन ३० गते

शनिबार, साउन ३० गते २०८३

शनिबार, साउन ३० गते २०८३

बागमती पूर्ण खोप सुनिश्चित प्रदेश घोषणा

बागमती पूर्ण खोप सुनिश्चित प्रदेश घोषणा

साझा पोष्ट
शुक्रबार, साउन १६ २०८२
  • images
    images
    बागमती पूर्ण खोप सुनिश्चित प्रदेश घोषणा

    काठमाडौं । बागमती प्रदेशलाई पूर्ण खोप सुनिश्चित प्रदेश घोषणा गरिएको छ ।


    images

    भक्तपुरमा शुक्रवार एक कार्यक्रमको आयोजना गरी प्रदेशलाई पूर्ण खोप सुनिश्चित प्रदेश घोषणा गरिएको हो । प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रिय खोप समन्वय समितिबाट वागमती प्रदेशलाई पूर्ण खोप सुनिश्चितता प्रमाणीकरण समेत भइसकेकाले वागमती प्रदेशलाई पूर्ण खोप सुनिश्चित प्रदेश घोषणा गरे ।

    प्रधानमन्त्री ओलीले वागमती प्रदेशका १३ वटै जिल्लाहरुले १६ महिनादेखि २३ महिनासम्मका सबै बालबालिकाहरुलाई १५ महिनाको उमेरभित्र लगाउनुपर्ने सम्पूर्ण खोपहरु प्राप्त गरेको सुनिश्चित गरिसकेको बताए ।

    प्रधानमन्त्री ओलीले भने, ‘मिति २०८२ असार ३० गतेसम्ममा वागमती प्रदेशका १३ वटै जिल्लाहरुले १६ महिनादेखि २३ महिनासम्मका सबै बालबालिकाहरुलाई १५ महिनाको उमेरभित्र लगाउनुपर्ने सम्पूर्ण खोपहरु प्राप्त गरेको सुनिश्चित गरी राष्ट्रिय खोप समन्वय समितिबाट वागमती प्रदेशलाई पूर्ण खोप सुनिश्चितता प्रमाणीकरण समेत भइसकेकाले वागमती प्रदेशलाई आज मिति २०८२ साउन १६ गते शुक्रवारका दिन पूर्ण खोप सुनिश्चित प्रदेश घोषणा गर्दछु ।’

    २०८२ असार ३० गतेसम्ममा वागमती प्रदेशका १३ वटै जिल्लाहरुले १६ महिनादेखि २३ महिनासम्मका सबै बालबालिकाहरुलाई १५ महिनाको उमेरभित्र लगाउनुपर्ने सम्पूर्ण खोपहरु लगाएका थिए । —न्युज एजेन्सी नेपाल

    प्रतिक्रिया
    साताको लोकप्रिय
    थप समाचार