२०८३, साउन ३० गते

शनिबार, साउन ३० गते २०८३

शनिबार, साउन ३० गते २०८३

बादलको अभिव्यक्ति सच्याउँदै एमालेले भन्यो: सेना, कर्मचारी र अन्तर्राष्ट्रिय समुदायसँग हाम्रो सम्बन्ध मित्रवतनै छ

बादलको अभिव्यक्ति सच्याउँदै एमालेले भन्यो: सेना, कर्मचारी र अन्तर्राष्ट्रिय समुदायसँग हाम्रो सम्बन्ध मित्रवतनै छ

साझा पोष्ट
शुक्रबार, चैत २० २०८२
  • images
    images
    बादलको अभिव्यक्ति सच्याउँदै एमालेले भन्यो:  सेना, कर्मचारी र अन्तर्राष्ट्रिय समुदायसँग हाम्रो सम्बन्ध मित्रवतनै छ

    काठमाडौं । नेकपा एमालेले कार्यवाहक अध्यक्ष एवं संसदीय दलका नेता रामबहादुर थापा ‘बादल’ले बिहीबार संसदमा दिएको विवादास्पद अभिव्यक्ति सच्याउँदै प्रष्टिकरण दिएको छ  । 

    images

    च्यासलमा बसेको सचिवालय बैठकले विशेषगरी नेपाली सेना, कर्मचारीतन्त्र र अन्तर्राष्ट्रिय समुदायलाई लिएर बादलबाट आएको अभिव्यक्तिलाई लिएर बैठकमा गम्भीर छलफल भएको र ती निकायप्रति सदैव पार्टीको सम्मान रहेको उपमहासचिव लेखराज भट्टले जानकारी दिए ।

     दलका नेता थापाले दिएको अभिव्यक्तिले जनमतलाई नस्वीकारेको जस्तो देखिएकोले त्यसलाई स्वीकार्छाैं भनेर प्रष्ट पारेको उनले बताए । 

    ‘बैठकले मुलुकको संविधान र प्रचलित कानुनबमोजिम निर्माण भएका नेपाली सेनालगायत राज्यका सबै सुरक्षा निकाय, निजामती प्रशासन (व्यूरोक्रेसी) र अन्तराष्ट्रिय समुदायप्रति हाम्रो पार्टीको सम्बन्ध पूर्ववत् एवम् मित्रवत् रहेको र यस्तो सम्बन्ध भविष्यमा अझ सुदृढ बनाइने कुरा स्पष्ट पारेको छ’, बैठकपछि एमालेले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

    जनमतलाई स्वीकारेर वर्तमान सरकारलाई बधाई दिएको पनि भट्टले बताए  । 

    प्रतिक्रिया
    साताको लोकप्रिय
    थप समाचार