२०८३, साउन ३० गते

शनिबार, साउन ३० गते २०८३

शनिबार, साउन ३० गते २०८३

दुई अध्यादेश जारी गर्न राष्ट्रपति समक्ष सरकारको सिफारिस

दुई अध्यादेश जारी गर्न राष्ट्रपति समक्ष सरकारको सिफारिस

साझा पोष्ट
मंगलबार, वैशाख १५ २०८३
  • images
    images
    दुई अध्यादेश जारी गर्न राष्ट्रपति समक्ष सरकारको सिफारिस

     काठमाडौं । सरकारले दुई वटा अध्यादेश जारी गर्न राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष सिफारिस गरेको छ । सोमबार बसेको मन्त्रिपरिषद् बैठकले राष्ट्रपतिसमक्ष सहकारी र संवैधानिक परिषद् सम्बन्धी दुई वटा अध्यादेश जारी गर्न सिफारिस गरेको हो ।
    अध्यादेश राष्ट्रपतिले अध्ययन गरिरहेका छन् ।


    images

     

    यसअघि वैशाख ८ गतेको मन्त्रिपरिषद्को बैठकले संसद् अधिवेशन आह्वानका लागि राष्ट्रपति समक्ष सिफारिस गरेको थियो । सिफारिसअनुसार राष्ट्रपतिले वैशाख १७ गतेका लागि संसद् अधिवेशन आह्वान गरेका थिए ।

    तर, सरकारले फेरि वैशाख १० गते अधिवेशन स्थगित गर्न राष्ट्रपतिसमक्ष सिफारिस गरेको थियो ।  सरकारको सिफारिसअनुसार राष्ट्रपतिले अधिवेशन स्थगित गरेका थिए । अधिवेशन स्थगन गरेर सरकारले अध्यादेश ल्याएको छ । 

    प्रतिक्रिया
    साताको लोकप्रिय
    थप समाचार