२०८३, साउन ३० गते

शनिबार, साउन ३० गते २०८३

शनिबार, साउन ३० गते २०८३

अध्यादेशप्रति रास्वपाकै सांसदको आपत्ति, गणेश कार्की भन्छन : अधिवेशन रोकेर अध्यादेश ल्याउनु बहादुरी होइन

अध्यादेशप्रति रास्वपाकै सांसदको आपत्ति, गणेश कार्की भन्छन : अधिवेशन रोकेर अध्यादेश ल्याउनु बहादुरी होइन

साझा पोष्ट
बुधबार, वैशाख १६ २०८३
  • images
    images
    अध्यादेशप्रति रास्वपाकै सांसदको आपत्ति, गणेश कार्की भन्छन : अधिवेशन रोकेर अध्यादेश ल्याउनु बहादुरी होइन

    काठमाडौं ।  रास्वपा नेता तथा प्रतिनिधिसभा सदस्य गणेश कार्कीले संसद् अधिवेशन रोकेर अध्यादेश ल्याउनु बहादुरी नभएको टिप्पणी गरेका छन्  । बालेन शाह नेतृत्वको सरकारले ल्याएको अध्यादेशको चौतर्फी विरोध भैरहेका बेला कार्कीले सामाजिक सञ्जालमार्फत आफ्नो धारणा सार्वजनिक गरेका हुन् । 
    सामाजिक सञ्जालमा उनले लेखेका छन् ।  ’सरकारले ल्याएको अध्यादेशको बारेमा मेरो धारणा माग्दै र मौनतामा मलाई नै प्रश्न गर्दै मेन्सन, म्यासेज गर्ने सबै साथीहरूप्रति मलाई गौरव छ । विधिको प्रश्न र जबाफदेहिताको अपेक्षाले मित्रताको मिठासलाई बेस्वादिलो बनाउँदैन भन्ने बुझेका सबैप्रति सम्मान र प्रेम छ । रह्यो अध्यादेश सिफारिस भएको भन्ने कुरा, झन्डै दुई तिहाइ ल्याएको पार्टीको लागि अधिवेशन रोकेर अध्यादेश ल्याउनु पर्ने अवस्था हुनु ‘बाध्यता’ हो कि अरूनै भन्ने पछि खुल्ला तर यो बहादुरी भने होइन । ’


    images

    अध्यादेश संविधानको अक्षरमा नभई मर्ममा आधारित भएर आउनुपर्ने उनको तर्क छ । 
     ’अध्यादेश सधैँ संविधानले दिएको अधिकार र विधि प्रयोग गर्दै नै आउने हो तर यसपटक पनि अध्यादेशको सिफारिस संविधानको हुबहु अक्षरमा आधारित छ, संविधानको मर्ममा होइन । संविधान अक्षरले बाँच्ने दस्ताबेज होइन, मर्मको पालनाले जीवन्त रहने हो । संविधानका अक्षरले संविधानको मर्मलाई सीमित नगरोस् ।’ उनले थप भनेका छन् । 
    यसअघिका सरकारले अध्यादेश ल्याउँदाखेरि आफूले उठाएका प्रश्नहरू अहिले पनि जीवित रहेको उनले उल्लेख गरेका छन् । 

    प्रतिक्रिया
    साताको लोकप्रिय
    थप समाचार