काठमाडौं । प्रतिनिधि सभाको बैठक विपक्षी दलले अवरुद्ध गरेका छन् ।
प्रधानमन्त्री बालेन शाहको तर्फबाट कानून मन्त्री सोविता गौतमलाई प्रतिनिधि सभा निर्वाचन पहिलो संशोधन विधेयक विचार गरियोस् भनी प्रस्ताव पेश गर्न सभामुखले समय दिएपछि उठेर विरोध जनाएका हुन्।
अहिले विपक्षी दलका सांसदले प्रधानमन्त्रीको उपस्थिति हुनुपर्ने विषय उठाईरहेका छन् । उनीहरुले प्रधानमन्त्रीलाई उपस्थित गराउन माग गर्दै सदन अघि बढ्न नदिने बताएका छन् । विपक्षीको अवरोधपछि सभामुखले १५ मिनेटका लागि बैठक स्थगन गरेका छन् ।


