२०८३, साउन ३० गते

शनिबार, साउन ३० गते २०८३

शनिबार, साउन ३० गते २०८३

शंकरले ओलीको साथ छोड्दै भने : अब मार्ग प्रशस्त गर्नुस

शंकरले ओलीको साथ छोड्दै भने : अब मार्ग प्रशस्त गर्नुस

साझा पोष्ट
शनिबार, जेठ ९ २०८३
  • images
    images
    शंकरले ओलीको साथ छोड्दै भने : अब मार्ग प्रशस्त गर्नुस

    काठमाडौं । नेकपा (एमाले) महासचिव शंकर पोखरेल पनि अब अध्यक्ष केपी शर्मा ओलीको नेतृत्वमा पार्टी अघि बढ्न नसक्ने निष्कर्ष सुनाउँदै छोड्न दबाब दिएका छन् । 


    images


    शनिबार एमाले केन्द्रीय सचिवालय बैठकमा बोल्दै महासचिव पोखरेलले पनि ओलीलाई मार्गप्रशस्त गर्न सुझाव दिएका छन् । ओलीको साथ छोड्दै पोखरेलले यथास्थितिमा अगाडि बढ्न नसकिने बताएको एक पदाधिकारीले जानकारी दिए । 

    महासचिव पोखरेलले पनि पार्टी पुनर्गठन गर्नुपर्ने बताएका छन्। ‘पार्टी पुनर्गठनको आवाज ठूलो छ। अब पार्टी पुनर्गठन गरेर जानुपर्छ,’ पोखरेलको भनाइ उद्धृत गर्दै ति पदाधिकारीले भने, ‘यथास्थितिमा अघि बढ्न सकिँदैन।’

     

    अन्य पदाधिकारीको जस्तो महासचिव पोखरेलले राजीनामा शब्द प्रयोग गरेका छैनन्। तर अब ओलीको नेतृत्वमा अघि जान नसकिने प्रष्ट पारेका छन् ।
    दुई दिनदेखि जारी एमाले सचिवालय बैठकमा शनिबार महासचिव र उपमहासचिवहरूले बोलेका थिए। बहुमत उपमहासचिवहरू पनि ओलीको विपक्षमै उभिएका छन् । 

    यसअघि शुक्रबार उपाध्यक्षहरूले बोलेका थिए। पाँच जना उपाध्यक्षमध्ये चार जनाले ओलीको राजीनामा मागेका थिए। 

     

    प्रतिक्रिया
    साताको लोकप्रिय
    थप समाचार