२०८३, साउन ३० गते

शनिबार, साउन ३० गते २०८३

शनिबार, साउन ३० गते २०८३

कमल शिशिरले ल्याए 'लाल्टिन बालेर'

कमल शिशिरले ल्याए 'लाल्टिन बालेर'

साझा पोष्ट
मंगलबार, जेठ १९ २०८३
  • images
    images
    कमल शिशिरले ल्याए 'लाल्टिन बालेर'

    काठमाडौं । समसामियक राजनीतिक विषय, कविता, मुक्तक र गजलमा कलम चलाउँदै आएका कमल शिशिरले गीत लेखन पनि शुरु गरेका छन् । शिशिरको 'लाल्टिन बालेर' बोलको गीत सार्वजनिक भएको छ । 


    images

     शिशिरको आफ्नै युटुब च्यानलबाट गीत सार्वजनिक गरिएको हो । वसन्त थापा र देवी घर्तीको स्वर रहेको गीतमा नन्दु परियारले संगीत भरेका छन। दिनेश पराजुलीको समूहले निर्माण गरेको गीतको म्युजिक भिडियोमा शेखर घर्ती मगर र रचना न्यौपाने फिचर्ड छन् ।  म्युजिक भिडियोको छायाँकन दिनेश पराजुलीको समूहले गरेको छ भने सुजन कोइरालाको सम्पादन रहेको छ । 

     गीतकार शिशिरले गीतमार्फत् गण्डकी र धौलागिरी क्षेत्रमा रहेका गुरुङ र मगर समुदायको कथा भनेका छन् । रोधीमार्फत् जोडिने प्रेम देखाउने र  रैथाने लय जगेर्ना गर्ने उनले प्रयास गरेका छन् । 

    kamal_shishir.jpg
    गीतकार कमल शिशिर

    'जतिबेला ग्रामिण क्षेत्रमा विद्युतीकरण  भएको थिएन त्यो बेला हामीले दैनिक जीवनमा अध्याँरो हटाउन लालटिन, टुकी बाल्थ्यौँ अझै कतिपय ठाउँमा सल्लाको दियालो र राँको या मसाल बालेर काम चलाउथ्यौँ। मूलतः  गण्डकी र धौलागिरी क्षेत्रमा रहेका गुरुङ्ग र मगर समुदायमा दिनभरको मेलापात सकेर साँझमा रोधी बस्ने चलन थियो। त्यसैलाई टिपेर मैले गीत बनाएको छु ।' गीतकार शिशिरले भने । 

    गीतबारे राम्रो प्रतिक्रिया आएको पनि उनले बताए ।  गुल्मीको मदाने ६ पुर्कोटका शिशिरले भने, 'गजल, कविता, मुक्तक लगायतका साहित्यिक विधामा कलम चलाउने, सामाजिक, राजनैतिक तथा समसामयिक विषयमा  अखबार र अनलाइन लेख लेख्थें । गीत मेरो नयाँ प्रयास हो, तर मैले निकै सकारात्मक प्रतिक्रिया पाएको छु ।' 

     

    प्रतिक्रिया
    साताको लोकप्रिय
    थप समाचार