काठमाडौं । नेकपा एमालेका उपाध्यक्ष एवं पूर्वअर्थमन्त्री विष्णु पौडेल पक्राउ परेका छन् । उनलाई सम्पत्ति शुद्धीकरणसम्बन्धी मुद्दाको अनुसन्धानको सिलसिलामा उनलाई सुर्खेतबाट पक्राउ गरिएको बताइएको छ ।
पार्टीको चुनावी समीक्षा एवं पुनर्गठन कार्यदलको सुझाव संकलन अन्तर्गत प्रदेशस्तरीय कार्यक्रममा पौडेल सुर्खेत पुगेका थिए ।
उनको काठमाडौं भैसेपाटीस्थित निवासमा पनि सम्पत्ति शुद्धीकरण विभागको टोलीले छापा मारेको छ ।


